लहानमा सिद्धार्थ बैंकको उदघाटन समारोह सम्पन्न भएको छ । शाखा प्रबन्धक रामप्रमोद यादवको अध्यक्षतामा सम्पन्न भएको समुदघाटन समारोह कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाका नगर प्रमुख मुनी साहले गरेका थिए ।

अतिथिहरुमा प्रदेश २ सिरहा निर्वाचन क्षेत्र १ ख का प्रदेश सांसद अशोक यादव, उधोग बाणिज्यसंघ लहानका अध्यक्ष अशोक अमात्य, सिद्धार्थ बैंकबाट बैकका प्रमुख विजनेश स्पोर्टस शुरेशराज महर्जन, वरिष्ठ व्यवसायी अधिकृत शेरबहादुर बुढाथोकी, प्रदेश २ का प्रमुख हरिप्रसाद तिमिल्सिना,लहान इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शरतथापा क्षेत्री, लहान सशस्त्र क्याम्पका प्रमुख डिएसपी, नेपाल आर्मीका क्याप्टेन गिरिजा भट्ट, सखुवाननकारकट्टी गाउँपालिका प्रमुख केदारनाथ यादव, राजेश विद्रोही, जेएस मुरारका बहुमुखी क्याम्पसका प्रमुख तुलसीराम पोखरेल,लहान नपा ४ का वडा अध्यक्ष रामनारायण पण्डित, वडा न ३ का वडा अध्यक्ष रामदयाल महतको सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
लहान नगरपालिकाका प्रमुख मुनी साहले रिवन काटी र पानसमा बत्ती बाली शाखाको उदघाटन गरेका थिए ।