५ चैत्र । ज्योतिष शास्त्रप्रति जागरूकता बढाउने र यसको महत्त्वबारे जानकारी दिने उद्देश्यले मनाइने विशेष दिन हो। यो प्रायः वसन्त विषुव को आसपास, मार्च महिनामा मनाइन्छ। यस दिनलाई ज्योतिष प्रेमीहरू, अनुसन्धानकर्ताहरू र साधकहरूले विशेष रूपमा मनाउने गर्छन्।
ज्योतिष शास्त्र प्राचीन कालदेखि नै मानव जीवनसँग जोडिएको विषय हो। यसले ग्रह–नक्षत्रहरूको स्थिति र चालका आधारमा व्यक्तिको जीवन, स्वभाव, भविष्य र घटनाहरूको विश्लेषण गर्ने प्रयास गर्छ। ज्योतिष दिवसले यस शास्त्रको अध्ययन, अनुसन्धान र संरक्षणमा जोड दिन्छ।
विभिन्न ठाउँमा ज्योतिष सम्बन्धी सेमिनार, गोष्ठी र कार्यशाला आयोजना गरिन्छ। ज्योतिषीहरूले निःशुल्क परामर्श सेवा प्रदान गर्ने गर्छन्। पुस्तक, पत्रपत्रिका र अनलाइन माध्यमबाट ज्योतिषबारे जानकारी फैलाइन्छ। सामाजिक सञ्जालमा पनि ज्योतिष सम्बन्धी सामग्री शेयर गरि मनाईन्छ ।
नेपालमा ज्योतिष शास्त्रको गहिरो सांस्कृतिक र धार्मिक महत्त्व छ। विवाह, यात्रा, गृहप्रवेश, पूजा–पाठ जस्ता शुभ कार्यहरूमा शुभ साइत ९मूहूर्त० हेर्ने परम्परा अझै प्रचलित छ। वैदिक ज्योतिष परम्परा नेपालमा विशेष रूपमा मानिन्छ।
ज्योतिष दिवसले प्राचीन ज्ञान र आधुनिक सोचबीच सन्तुलन कायम गर्दै ज्योतिष शास्त्रलाई नयाँ पुस्तामा परिचित गराउने अवसर प्रदान गर्छ। यसले मानव जीवन र ब्रह्माण्डबीचको सम्बन्ध बुझ्न सहयोग पुर्याउँछ।