• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चर्को ब्याजदरका विरुद्ध वीरगञ्ज उद्योग बाणिज्य संघ आन्दोलनमा

नेपाल पोस्ट दैनिक
    December 26, 2022  मा प्रकाशित

Spread the love
      

वीरगञ्ज ११ पुस। नेपाल राष्ट्र बैंकको चालू पूंजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याजदरका विरुद्ध वीरगञ्ज उद्योग बाणिज्य संघ आन्दोलनमा उत्रिएको छ। नेपाल राष्ट्र बैंकको गलत आर्थिक नितिले बजार–व्यवसाय तहसनहस भएको भन्दै बाणिज्यसंघसहित उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनको पहिलो दिन मौद्रिक नितिको सांकेतीक बिरोधस्वरुप वीरगञ्ज उद्योग बाणिज्य संघको भबन र नेपाल राष्ट्र बैंकको गेट अगाडी विभिन्न नाराहरु लेखिएको ब्यानरहरु झुन्याइएको छ।

भोलिदेखि आआफ्नो व्यवसायिक प्रतिष्ठान अगाडी मौद्रिक नितिको बिरोधमा ब्यानरहरु झुन्ड्याउने र १३ गते राष्ट्र बैंक अगाडि धर्ना दिने र १४ गते उद्योगी व्यवसायीहरुको सहभागीतामा विशाल जुलुश निकाली नीति सच्याउन दबाब दिने कार्यक्रम रहेको संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले जानकारी दिए।

राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमको कारण प्रायः बाणिज्य बैंकहरुले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज र विभिन्न शिर्षकमा रकमहरु असुल्दै आएपछी आन्दोलन गर्नुपर्ने बाध्यता आएको अध्यक्ष गुप्ताको भनाई छ।

संघका अध्यक्ष गुप्तासँगै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले विरोध कार्यक्रमलाई सम्बोधन गर्दै मौद्रिक नीति उद्योगमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए।

उद्योग वाणिज्य संघको आन्दोलनमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जसहित अन्उय बस्तुगत संघ संस्थाहरुले पनि ऐक्यबद्धता जनाएका छन्। उद्योगीहरुको आन्दोलनमा समर्थन जनाउादै दबाबस्वरुप भोली नै होटल तथा पर्यटन व्यवसायी संघसँग आवद्ध होटलको अगाडी मौद्रिक नीतिको विरुद्ध ब्यानर राख्ने संघका अध्यक्ष हरि पन्तले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑