लहान बैशाख २८ गते।सिरहामा ट्रायक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा २ जना घाइते भएका छन। सोमबार सिरहा जिल्ला काे कल्याणपुर देखि अर्नामा तर्फ जाँदै गरेको मोटोरसाईकल पुलचोक मा दुर्घटनामा परि २ जना घाईते भएका छन् ।
कल्याणपुर न पा १०करून्याही डोकाहामा बस्ने शम्भु यादब को छोरा बर्ष १८ को कम्लेश यादब संगै बसेका दिपक यादब गम्भीर घाईते भएका छन् । कल्याणपुर देखि अर्नामा तर्फ जाँदै गरेको आव्स्थामा बिपरित दिशा बाट आउदै गरेको स १ त ५२२४ न को ट्याक्टरमा र स ११ प ३२६७ को मोटरसाइकल मा ठोकिदा मोटरसाइकल चालक को टाउको मा चोट लागि गम्भीर घाईते भएका छन् ।
घाइतेलाई उपचारको लागि मोटरसाइकल मा सबार दुबै जनालाई सिराहा पठाईको र ट्याक्टर र चालक लाई ईलाका प्रहरी कार्यालय कल्याणपुर मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा ले बताएका छ्न।
