नेपाल पोस्ट दैनिक बिशेष · समाचार

विवाुदास्पद अडियो सार्वजनिक भएपछि भन्सारका अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए

कञ्चनपुर सम्वादाथा १० असोज । कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि कार्यालयको जिम्मेवारीबाट हटाइएको छ। भन्सार विभागले उनलाई त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन निर्देशन दिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको विुवादास्पद अडियो रेकर्डपछि भट्ट विवादमा तानिएका थिए। उक्त अडियोमा भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका एसपी खुमबहादुर केसीबीच भएको भनिएको संवाद रहेको बताइएको छ।
अडियो सार्वजनिक भएपछि उत्पन्न विवादबारे थप अध्ययन गर्नुपर्ने भन्दै विभागले भट्टलाई हालका लागि जिम्मेवारीबाट हटाएर विभागमै हाजिर गराएको जनाएको छ।
भट्टमाथि अन्तिम कारबाही वा सेवासम्बन्धी निर्णय भने भइसकेको छैन। अडियोको तथ्य र सम्बन्धित विषयमा थप अध्ययन गरेपछि आवश्यक निर्णय लिइने विभागको भनाइ छ।