शम्भु चौधरी लहान १४ भदौ । समाजसेवी जयकिशोर यादव निरनतर झुल वितरण कार्यमा लागी परेका छन । अहिले गर्मी र वर्षातको मौसम भएकोले लामखुट्टेको प्रकोप बढ्दो छ । जसबाट बालबालिका, वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरु बढी प्रभावित नहोस भन्ने उद्धेश्यले झुल वितरण कार्यमा लागी परेका छन ।
आईतबार बिहान नवराजपुर गाउँपालिका १ भगवतीपुर दास टोल र रामटोलमा समाजसेवी यादवद्वारा हरेक घरमा झुल वितरण गरिएको छ । समाजसेवी यादवले पालिकाभरिमै पछिल्लो समयमा वस्ती वस्तीमा पुगेर झुल वितरण गर्ने अभियान नै थालेका छन् ।
आईतवार मात्रै भगवतीपुरमा ८० घरपरिवारलाई झुल सहयोग गरिएको छ । पालिकाभरिमा हालसम्म उहाँले १५ सय भन्दा बढी झुल वितरण गरेका छन् ।
यो एक किसिमको सहयोगका लागि अभियान सञ्चालन गरिएको यादवले बताए ।

