• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कश्मीर मुद्दाबारे ट्रम्पले गरे मोदी र इमरान खानसँग कुराकानी

नेपाल पोस्ट दैनिक
    August 20, 2019  मा प्रकाशित

Spread the love
      

काठमाडौं३ भदौ,  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू-कश्मीर मुद्दाबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच द्विपक्षीय र क्षेत्रीय मुद्दाबारे कुराकानी भएको हो ।

ट्रम्पले परिस्थिति अप्ठ्यारो भए पनि सकारात्मक कुराकानी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् । ट्रम्पले लेखेका छन्, ‘मेरा दुवै साथीहरु मोदी र खानसँग व्यापार, रणनीतिक साझेदारी तथा भारत र पाकिस्तानबीच काश्मीरमा देखिएको तनाव कम गर्नेबारे कुरा भयो । परिस्थिति अप्ठ्यारो छ, तर कुराकानी राम्रो छ ।’

भारतले संविधानको धारा ३७९ खारेज गरेर जम्मू कश्मीरको विशेष दर्जाको खोस्ने र लद्दाखलाई अलग राज्य घोषणा गर्ने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पसँग गरिएको वार्तालाई अर्थपूर्ण मानिएको छ । किनभने जम्मू कश्मीर मुद्दा संयुक्त राष्ट्रसंघको राष्ट्रिय सुरक्षा परिषदमा पनि पुगिसकेको छ ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणमा ट्रम्पले कश्मीर मुद्दामा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका थिए । तर, मोदीले त्यसलाई नकार्दै पाकिस्तानसँग मात्र वार्ता गर्ने बताएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अफिसियल ट्वीटर ह्यान्डलबाट ट्रम्पसँग आधा घण्टा टेलिफोन वार्ता भएको जानकारी दिइएको छ । ट्वीटरमा लेखिएको छ, ‘३० मिनेटको कुराकानीमा द्विपक्षीय र क्षेत्रीय मामलाबारे छलफल भयो र सौहार्दतामा जोड दिइयो जुन दुवै नेताबीचको सम्बन्धको विशेषता हो ।’

भारतीय मिडियाका अनुसार मोदीले पाकिस्तानतर्फ संकेत गर्दै केही नेताहरुले अति उग्र बयान दिनु र भारतविरोधी हिंसालाई बढावा दिनु क्षेत्रीय शान्तिको लागि ठीक नरहेको बताएका थिए । उनले सीमापार आतंकवाद र हिंसाबाट मुक्त हुनु जरुरी रहेकोमा समेत जोड दिए । मोदीले सुरक्षित र लोकतान्त्रिक अफगानिस्तान निर्माणको लागि भारत प्रतिबद्ध रहेको जानकारी पनि ट्रम्पलाई गराएका थिए ।अनलाइनखबर

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑