छुटपुट · जिबनसैली · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

बुढ्यौली बचाउ अभियान नेपालको दोस्रो साधारण सभा सम्पन्न

शम्भु चौधरी लहान १६ असोज । बुढ्यौली बचाउ अभियान नेपाल धनगढीमाई न पा २, भवानीपुर सिरहाको दोस्रो वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ ।

आजको जेष्ठ नागरिक हिजोको राष्ट्र निर्माता र अनुभवको सम्मान गरौं, पुस्ता बिचको सम्बन्ध बलियो बनाउ भन्ने मुल नाराका साथ ३६औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दोस्रो साधारण सभा सम्पन्न भएको हो ।

सभामा स्थानिय १० जना जेष्ठ नागरिकहरुलाई दौसला ओढाई सम्मान गरिएको थियो । उक्त सभामा आमन्त्रित अतिथिगन तथा आजिवन सदस्य हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष दिपेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। समापन्न गर्दै अध्यक्ष चौधरीले भने जेष्ठ नागरिकहरु हाम्रा गौरब हुन, वहाँहरुको संरक्षण गर्ने हाम्रो दायित्व पनि हो । आफनो दायित्वलाई जिम्मेवारी बुझि बहन गर्न सबैमा अनुरोध गरेका थिए ।