सिरहा २७ फाल्गुन । चुनाव सके लगतै फेरी आफ्नो देखाउन थालेका छन्, मानव कहलाउनेहरु । सिरहा सदरमुकाममा बुधवार दिउँसोतिर बम विस्फोट भएको छ । सदरमुकामस्थित सिरहा जिल्ला अदालतको अगाडि रहेको मधेश ’ल’ फर्ममा बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो भएको बम विस्फोटमा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सिरहाका प्रादेशिक अस्पतालमा लगिएको छ ।
सुतरी बम भएको प्रारम्भिक अनुमान गरिए पनि अहिले सुरक्षा निकायको टोली घटनास्थलमै रहेको र थप अनुसन्धान कार्य भइरहेको एसपी पाठकले जानकारी दिनुभएको छ ।