पर्यटन · प्रदेश २ · समाचार

अम्बेडकर पार्कको शिलान्यास

शम्भु चौधरी लहान १५ बैशाख । लहान नगरपालिका वडा नं.. १२ र २२ मा पर्ने सलहेश फुलवारीको गेटसँगै बाबा साहब अम्बेडकर पार्क निर्माण गरिनेछ।
वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशद्वारा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत तथा मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहद्वारा पार्कको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ ।
यसका लागि सलहेश गहवरका पुजारी जितेन्द्र सिंह दनुवार धामीले रु. १० लाख बराबरको १० धुर जग्गा निःशुल्क दान गरेका छन्। उक्त जग्गामा मधेश प्रदेश सरकारले रु. १ करोडको लागतमा बाबा साहब अम्बेडकर पार्क निर्माण गरिने पुजारी दनुवारले बताए ।
पार्कको टेन्डर प्रक्रिया अगाडी बढिसकेको छ एक देखि डेढ महिनामा कार्य पनि सम्पन्न हुने मधेश प्रदेशका मुख्य मंत्रि सिंहले बताए । साथै प्रदेश सरकारको तर्फबाट थप विकास आयोजनाहरू ल्याइने प्रतिवद्धता व्यक्त गर्दै, यो पार्क मधेशमा सामाजिक समरसता र ऐक्यबद्धताको प्रतीक बन्ने विश्वास व्यक्त गरे।
डा.अम्बेडकर भारतमा दलित तथा सीमान्तकृत समुदायको अधिकारका लागि संघर्ष गरेका एक महान् व्यक्तित्व हुन्, यद्यपि उनी भारतका नागरिक थिए, उनका विचार, समानता, न्याय र मानव अधिकार विश्वभरका लागि प्रेरणादायी छन् नेपाल जस्तै विविध समाजमा डा। अम्बेडकरका शिक्षाहरू अझै सान्दर्भिक छन् ।
अम्बेडकर पार्क सलहेश फुलवारीमा किन निर्माण गर्नु पर्ने हो र त्यसको शिलान्यास जनमत पार्टीका नेता कार्यककर्ताबाट नै किन गर्नु पर्ने हो यस विषयमा विभिन्न जानकारहरु आफना तर्कं वितर्क समाजिक संजालमा जनाई रहेका छन ।