शम्भु चौधरी लहान २४ चैत्र । लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा नि शुल्क स्वास्थ्य शिविर आइतवार लहान न पा २१ कलाबंजरमा सम्पन्न भएको छ ।
शिविरमा १ सय १० पुरुष र २ सय २८ महिला गरि जम्मा ३ सय ३८ जनाले स्वास्थ्य जाँच गराएका थिए । लायन्स क्लबका अध्यक्ष शंकर प्रसाद गुप्ताका अनुसार हामी र हाम्र टिम गाउँ घरमा पुगी स्थानियहरुको साथ सहयोगबाट यस्ता शिविरहरु सन्चालन गरिरहेका हुन्छौँ । हामी कहाँ कुनै किसिमको वैदेशिक फन्ड नरहेको बताए ।
शिविरमा अर्थोलोजिष्ट डा. ओम प्रकाश चौधरी, स्त्री रोग विशेषज्ञ डा. गिता यादव, जेनरल फिजिसियन डा. लव कुमार यादव र छाला रोग विशेषज्ञ डा. प्रमोद कुमार दासको सेवा उपलब्ध थियो ।
स्वतिक लघुवित तथा वितिय संस्था लहान ८, ओम पोलिक क्लिनिक तथा अर्थो सेन्टर लहान ७ र लहान नगरपालिका वडा २१ को सहकार्यमा शिविर सम्पन्न भएको हो ।
लहन नगरपालिका वडा नं. २१ को वडा अध्यक्ष राजकुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि यादवले सम्पुर्ण शिविर टोलीलाई धन्यवाद ज्ञापन गरेका थिए ।