• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवलपुर जिल्लाका सात मतदानस्थल पुनरावलोकन गर्न सिफारिस

नेपाल पोस्ट दैनिक
    August 5, 2022  मा प्रकाशित

Spread the love
कावासोती २० साउन । नवलपरासी पूर्वनवलपुरमा रहेका सात वटा मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार तीन पालिका भित्रका सात वटा मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ । मतदानस्थल साँघुरो भएका, पायक पर्ने स्थानमा नभएकाको स्थल पुनरावलोकन गरिएको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।
स्थान पुनरावलोकन गर्दा सम्बन्धित वडाका पायक पर्ने र मतदानका लागि सहज हुने स्थान छनौट गरी नयाँ स्थान छनौट गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख भुसालले बताउनुभयो । “स्थान पुनारावलोकन गर्दा सबैलाई पायक पर्ने, सुरक्षित र मतदान सञ्चालन गर्न सहज हुने ठाउँ छनौट गरेका छौँ”, कार्यालय प्रमुख भुसालले भन्नुभयो, “सोही आधारमा हामीले निर्वाचन आयोगमा सिफारीस गरेका छौँ ।’’ गैँडाकोटका चार, विनयी त्रिवेणीका–२ र हुप्सेकोटको एक मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ ।
गैंडाकोट नगरपालिकाअन्तर्गत वडा नम्बर २ मा रहेको महेन्द्र स्मारक आधारभूत विद्यालय शिवनाथ चोकबाट एसपिएम कलेज एसपिएमा टोलमा, वडा नम्बर ३ मा रहेको कृष्णगण्डकी आधारभूत विद्यालयबाट वडा नम्बर ३ का कार्यालय ढोडेनी, वडा नम्बर ११ गणेश आधारभूत विद्यालय भेडाबारीबाट मुकुन्दपुर खानेपानी आयोजना भेडाबारी र गैँडाकोट–१३ को मुकुन्दपुर पुरानो गाविस भवनबाट जनशक्ति आधारभूत विद्यालय बेल्डियामा मतदानस्थल सार्ने गरी पुनरावलोकनका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नम्बर ४ वेणीमणीपुर मैजाटोलबाट दीपेन्द्र मावि सर्दीमा र वडा नम्बर ५ को पुरानो धुरकोट गाविसको भवन देउरालीबाट भानुदय मावि चुकाहामा सार्ने गरी सिफारिस गरिएको छ । यसैगरी हुप्सेकोट गाउँपालिका–४ को भवनबाट ज्वाला मावि झ्यालवासमा मतदानस्थल कायम रहने गरी जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले पुनरावलोकनका लागि सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुसालले बताउनुभयो ।
मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या भने यथावत रहेको उहाँले बताउनुभयो । हाल नयाँ मतदानस्थल थप गर्ने र केन्द्रको सङ्ख्या बढाउनुपर्ने आवश्यकता नदेखिएको कार्यालय प्रुमख भुसालले बताउनुभयो । नवलपुरमा एक सय १३ मतदानस्थल र दुई सय ९९ मतदान केन्द्र रहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
  • धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑