दमौली २० साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधन कारबाहीबाट आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ७९ लाख ३३ हजार राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जसमा बस, टिपर,जीप, कार, टयाक्टर ट्रक, मोटरसाइकल र अन्य गरि ५५ हजार ६ सय सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरिक्षक गोकर्ण नेपालले जानकारी दिए ।
कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल छ भने सबैभन्दा कम टयाक्टर रहेको छ। २० हजार ६ सय ४५ मोटरसाइकललाई कारबाही गरेर १ करोड ४८ लाख र २ हजार ९ सय ८८ टयाक्टरलाई कारबाही गरेर २० लाख ४७ हजार ५ सय राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। त्यस्तैगरी ११ हजार ३ सय ८७ ट्रक/टिपरलाई कारबाही गरी ७८ लाख २७ हजार, १२ हजार ४ सय ५ कार/जीपलाई कारबाही गरी ७९ लाख ७९ हजार ५ सय र ७ हजार ५ सय १९ बसलाई कारबाही गरी ४८ लाख ५६ हजार राजस्व संकलन गरिएको छ।