समाचार

कोसीको बाँध फुटेपछि ४ हजार परिवार जोखिममा

सप्तरी, १८ साउन । सप्तकोसी नदीको बाँध फुटेको छ ।

अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा बाँध फुटेपछि गाउँ पसेको हो ।

वुधबार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् ।