शम्भु चौधरी लहान ५ साउन । सिरहाको धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल वागालेले उपमेयर संगीता कुमारी चौधरीलाई अपमानपूर्ण व्यवहार गरेको छ ।
उपमेयर चौधरीले नगरपालिकाको गाडी लिएर कार्य अनुगमनमा निस्किएका थिए । उता, प्रशासकीय अधिकृत वागालेले गाडी चालकलाई फोन गरेर उपमेयरलाई म जान्दिन भन्दै गाडी लिएर छिटो फर्किआउ निर्देश दिए । वागालेको निर्देशनमा उपमेयरलाई बीच बाटोमै छाडेर चालक गाडि लिएर फर्किएका छन् ।
धनगढीमाई नगरपालिकामा दूई वटा गाडी छ । एउटा गाडि मेयर शिवशंकर महतो प्रयोग गर्छन् । अर्को गाडि हाकीम प्रयोग गर्दै आएको छ । मेयर महतोले ‘उपमेयरलाई हाकीमले गाडि दिँदैन भने मेरै गाडी लिएर जानु होला ।’ ‘तर, म बाहिर गएकोले समयमा आउँन नसकेपछि हाकीमको गाडि लिएर गएको हुनुपर्छ ।’‘तर,हाकीमले अपमानपूर्ण व्यवहार गर्नु हुँदैन्थ्यो ।’ ‘उपमेयरको लागि गाडि किने कुरा चलिरहेको छ ।’‘तर, सरकारले नयाँ गाडि किन रोकिएको छ ।’‘अर्को कुनै उपाय लगाउँनुपर्छ ।’‘भाडामा भएपनि उपमेयरलाई पनि गाडीको आवश्यकता छ ।’
पटक पटक अपमानमा परेकी उपमेयर चौधरीले ‘केही दिन अगाडि हाकीमसहितको टिम अनुगमनमा थिए ।’‘ अनुगमनपछि गलत कुरामा सही गर्न हाकीम वागालेले दवाव दिँदा म नमान्दा त्यही दिनदेखि अपमानजनक क्रियाकलाप गर्न थालेको हो ।’ ‘आज अनुगमनमा गएको बेला बीच बाटोमा मलाई छाडेर गाडि फिर्ता गराएर अपमान गरेको छ ।’ ‘मानवताको आधारमा पनि बीच बाटोमा छाडेर गाडि झिकाउँनु कति जायज हो रु उपमेयर प्रश्न गर्छीन् ।
असारमसान्तको योजनामा अधिकृत गोपाल वागाले, इन्जिनियर मिलेर व्यापक कमिशन लिएको छ ।
योजनाको कार्यक्रम कमसल गरी व्यापक भ्रष्टाचारी गरेका वाग्लेले उपमेयर चौधरीको सहमत नभएपछि यस्तो अपमानको खेल चलिरहेको छ । वाग्ले मेयर र उपमेयरबीच भाँजो हालेर भ्रष्टाचार गरिरहेको खुलासा भएको छ ।