ज्ञानेश्वर सहानी / नवलपरासी/ २६ असार पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बदर्घाट मा विगत ३ वष देखि कार्यरत प्रहरी सहायक हवल्दार केशव ज्ञवाली तथा प्रहरी चौकी बासाबसहीको प्रहरी सहायक हवल्दार प्रकाश न्याैपाने घुमुवा प्रहरी प्रमुखको रजाई बनेको छ ।
सीमाबाट हुने अवैध कृयाकलापलाई रोक्नुको सट्टा केही रकमको प्रलोभनमा परी अवैध कृयाकलापलाई घुमुवाहरुले बढावा दिइरहेको खबर प्राप्त भएको हो । इलाका प्रहरी कार्यालय बदर्घाट कार्यरत प्रहरी सहायक हवल्दार केशव ज्ञवाली तथा प्रहरी चौकी बासाबसहीको प्रहरी सहायक हवल्दार प्रकाश न्याैपाने लगायतको ठाउहरुमा घुमुवाहरुले तस्करीहरु सग चान्दा उठाउने गरेको स्थानीयहरुले गुनासो गरेका छन । स्थानीयहरुले यस अनलाइन संग कुरा गर्दै सीमाबाट हुने अवैध कृयाकलाप जस्तै खदान्य समाग्री, भैसी, कपडा , खसी , खोलानाला लगायतको तस्कर गिरोह संग सहकार्य गरी तस्करीलाई बढावा दिइएको आरोप लगाएका छन ।
इलाका प्रहरी कार्यालय बदर्घाट कार्यरत प्रहरी सहायक हवल्दार केशव ज्ञवाली तथा प्रहरी चौकी बासाबसहीको प्रहरी सहायक हवल्दार प्रकाश न्याैपानेलाई सादा पोशाकमा परिचालन गरिएको छ । सादा पोशाकमा खटिने यी दुई जना प्रहरी ले पैसा उठाउने काम गरेको छन । नेपाल प्रहरी संगठनको नीति निर्देशनलाई लत्याउदै आफ्नो हाकिमलाई खुस पार्नको निम्ति मासिक ०५ देखी ०८लाख रुपैयासम्म तस्कर संगठनहरुबाट उठाउने गरेको स्थानीयले आरोप लगाएका छन ।
स्थानीयहरुका अनुसार यी दुई जना प्रहरीले आफ्नो वर्दी र पावरको दुरुपयोग गर्दै सीमा तस्करीहरुबाट व्यापक रुपमा तस्करी गराइरहेको आरोप लगाए । नेपाली जनताको जिउधन तथा शान्ति सुरक्षाको ठेक्का पाएका नेपाल प्रहरीले आफ्नो वर्दीको आडमा तस्करीबाट कमाई खाने भाडो बनाएका कारण स्थानीयहरुले नेपाल प्रहरी माथि गरेको बिश्वास गुम्दै गएको छ ।
तसर्थः यस बिषयमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रमुख प्रहरी उपरीक्षक ऋषीराम कडेलको ध्यान जान अति अवाश्यक देखिन्छ ।