• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान सडक डिभिजनमा व्यापक अनियमिता

नेपाल पोस्ट दैनिक
    November 15, 2021  मा प्रकाशित

Spread the love
      

सिरहा २९ कार्तिक । सडक डिभिजन कार्यालय,लहानले व्यापक अनियमिता गर्न थालेको खुलासा भएको छ । सडक मर्मत, सडक कालोपत्रे, कार्यालय संचालनमा समेत अनियमिता गर्न थालेको छ ।

निर्माण व्यावसायीसँगको मिलोमतोमा टेन्डरमा आवश्यकता बजेटमा कमिशन लिएर कमसल काम गराउँदै आएकोले नागरिक अधिकार मञ्च लहान आपत्ती जनाएको छ । निर्माण व्यावसायीको मिलोमतोमा सडक निामार्णको काम गुणस्तरहीन गर्न थालेपछि नागरिक अधिकार मञ्च आन्दोलन गर्ने तमसिएको छ । सिरहाको गोलबजार नगरपालिका ६ स्थित गोलचक्रदेखि उत्तर लामा टोल सम्म ७ सय मिटर लम्बाई र ११ मिटर चोडाई सडक कालोपत्रे कार्यमा डिभिजन कार्यालय लहान र विकास निर्माण सेवा, मिर्चैयाको मिलोमत्तोमा गुणस्तरहीन काम भइरहेको स्थानीयको आरोप छ ।

स्थानीय गोविन्द विष्टका अनुसार सव वेश, ग्राइभेल, बेस र प्राइमकोट लगायतको काम गुणस्तरहीन गरिएको छ । माटो, बालुवा र गेगर मिसिएको ग्रइभेल हुनुपर्ने भएपनि नजिकैको खेतबाट माटोको मात्रा बढी भएको ग्राइभेल लगाएको बताए । उनले केही भागमा गरेको कालोपत्रे पनि कतिपय ठाउँमा उपक्नि थालेको बताए ।

कामको गुणस्तरको विषयमा कुरा उठाउँदा उठाउँदैपनि ठेकेदारले पेलेरै काम गरेको स्थानीयको भनाई छ । ‘हामीले अन्य ठाउँमा भएको सडकको काम जस्तो नदेखिएपछि कुरा उठाउँदा उठाउँदै जवरजस्ती गरे, हामीले रोक्न खोज्यौं तर उनले हाम्रो कुरै सुनेनन्; स्थानीय संतोष साहले गुनासो पोखे । साहका अनुसार ‘सव वेस र वेसमा माटोको मात्रा बढी देखिएकोले हामिले पटक–पटक इनिजिनियर तथा ठेक्केदार कम्पनिलाइ समेत जानकारी गराउदा कुनै टेरपुछ्र नलगाइ माटोमै प्राइम हालेको छ ।’ उनले थपे प्राइम उपकेर माटो धुलो भएको छ त्यसैमाथि कालोपत्रेको काम भईरहेको छ ।

सडक निर्माण कार्य गुणस्तरहीन भएकोले स्थानियहरुको व्यापक बिरोध पश्चात सडकका साइड इन्जिनियर चन्द्रकान्त चौधरी निर्माण स्थल पुग्दा उनले पनि काम गुणस्तरहीन भएको स्वीकारे । उनले, ‘यो निर्माण कम्पनिको सरासर लापर्वाही हो, राम्रोसँग वेस नगरीएको र प्राइमकोट पनि गुणस्तरिय नभएको भन्दै तत्काल काम रोकि लगाइने बताए । इन्जिनियर चौधरीका अनुसार अनुमति विनानै ठेक्केदारले हतार–हतार पिच गर्ने गरेको छ, यो उसको बदमासी हो । उनले आफू अन्य कार्य व्यस्तकाका कारण यहाँ आईपुग्न सकेका कारण केही त्रुटि भएको भन्दै तत्काल काम अगाडी नबढ्ने बताए ।

सडक डिभिजन कार्यालयले आ.व.२०७७÷०७८ मा उतm सडक निमार्णका लागी ५ करोडको ठेक्का आव्हन गरेको डिभिजन कार्यालयका प्रमुख रामकुमार देवले जनाएको छ । उनले सडक निमार्णका लागि सिरहाको विकास निमार्ण सेवा र जेएन एसको जेभिमा ४५ प्रतिशत विलोमा टेन्डर स्वीकार गरेको जनाए । पाँच करोडको ठेक्का ठेक्केदारले सहजै रुपमा २ करोड १९ लाखमा कवुल गर्नु र कमसल कार्य काम गरेतापनि कार्यालयले निगरानी नगर्नु ‘मिलोमतो’ को गन्ध देखिएको स्थानीयको भनाई छ ।

डिभिजन कार्यालयको अधिकाशं ठेक्का विकास निमार्ण सेवा मिर्चैयाले नै लिनुले कार्यालय र ठेक्केदार कम्पनीको मिलोमतो रहेको पुष्टि गरेको बताइन्छ । यता ठेक्का पाएका विकास निमार्ण सेवाका प्रोप्राइटर ठेक्केदारले आफुले स्टिमेट अनुसार नै काम गरेको दावी गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑