लहाान २५ कार्तिक । सिरहाको भगवानपुर गाउँपालिका वडा नंम्वर ४ स्थितमा प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला सिरहा लहान नगरपालिका वडा नम्वर १९ बस्ने अ।बर्ष २१ को प्रेम मण्डललाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट अबैध लागू औषध नाईट्रोभेट ५ पत्ता (७५ ट्यावलेट पिस) पक्राउ परेको छ ।
मण्डललाई ईलाका प्रहरी कार्यालय लहान र महरालाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी सिरहाका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी जानकारी गराएको छ ।