लहान २१ कार्तिक । सिरहाको छपराडी बजारबाट जबर जस्ती कर णी गरको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाकाे धनगढीमाई नगरपालिका वडा नं. ११ घर भएको गौरी महतोले एक जना २५ वषर्यी महिलालाई करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको हाे ।
प्रहरीका अनुसार पक्राउ परेका महतो अटो चालक रहेको र उनी उक्त महिलालाई घर पुर्याईदिने वहानमा आफनै घरमा लगी कर णी गरेको पिडित पक्षको आरोप रहेको छ । ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डा.तपन दहालका अनुसार पक्राउ परेका महतोलाई जब रजस्ती क रणी मुद्दामा जिल्ला अदालत सिरहा बाट सातदिनकाे म्याद थप गरी आवश्यक अनुसंधान भई रहेको बताए ।