प्रदिप सिंह सिरहा ११ कार्तिक। सिरहाको कल्याणपुरमा एक दलित महिला माथि बोक्सीको आरोपमा लगाई कुटपिट गरेका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका पुरुष सिरहाको कल्याणपुर नगरपालिका १० का रामविलास यादव रहेका छन् ।
५३ का वर्षीया दलित महिला सेमादेवी रामलाई
बोकसीको आरोप लगाई यादव कुटपिट गरेका हुन्।
कुटपिट मा परेका पिडित कार्तिक १७ गते जाहेरी दिएको थियो।
पिडित का जाहरी को अधारमा प्रहरीले यादबलाई नजिकै रहेको बजारबाट उनलाई पक्राउ गरी फलत प्रहरी कार्यालय का प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ।