• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राजस्व अनुसन्धानको लापरबाहीले नै ठुला वडा तस्कर सलबलाउदै

नेपाल पोस्ट दैनिक
    October 23, 2021  मा प्रकाशित

Spread the love

पर्सा ६ कार्तिक । सीमाबाट हुने तस्करीका मालसमान सहजै तरिकाले नेपालको विभिन्न ठाउहरूमा पुर्याउने गरेको एक घटनाले उजागर पारेको छ । सीमाबाट हुने गरेको तस्करीका मालसमान नेपालको विभिन्न ठाउहरूमा पुर्याउनको निम्ति राजस्व अनुसन्धान कार्यालयका पदाधिकारीहरू समेत रकममा लिप्त रहेको एक घटनाले उजागर पारेको हो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाको छत्र छायामै रहि ठुला वडा तस्करहरू समेत सलबलाउन थालेका छन । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीबाट खटिएको स्कवाड टोलिले बिहिवार राती करीब २ बजेको समयमा बिशेष सूचनाको अधारमा ट्रान्सपोर्टको गाडी नियन्त्रणमा लिएको थियो ।

तस्करीको मालसमान ओहोर दोहर ट्रान्सपोर्टकै माध्यमले हुने गरेको विशेष सूचनाको अधारमा पक्राउ गरिएपनी राजस्व अनुसन्धान कार्यालय पथलैयाको मिलोमतोमा छोडिएको श्रोतले जनाएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयामा ठुला वडा तस्कर समुहको सेटिङ्ग हुने गरेको कारण नियन्त्रणमा राखी राखने अवस्था नदेखिएको कार्यालय श्रोतले नै जनाएका छन ।

सशस्त्र प्रहरीले पक्राउ गरि अनुसन्धानको लागि पठाइएको ट्रक पूर्ण रूपले चेकजाच नै नगरी छोडिएको श्रोतले दाबी गरे । यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीका प्रमुख डिआइजी गणेश ठाडा मगरले बिशेष सूचना आए पश्चात् नियन्त्रणमा लिइ अवाश्यक कारवाहीको लागि राजस्व अनुसन्धान पथलैयामा पठाइएपनी केही फेला नपरेको जानकारी आएको बताए ।

तर नेपालकै आर्थिक नगरी भनेर चिनिने बिरगंज क्षेत्रमा ४७ वटा ट्रान्सपोर्ट रहेको र केही ट्रान्सपोर्टको नाममा अबैध क्रियाकलापबाट मालसमान ओसार पोसार गरिरहेको ट्रान्सपोर्टमै रहेका कर्मचारीले दाबी गरेका छन । केही ट्रान्सपोर्टबाट राजस्वमा सेटिङ्ग भए पश्चात् अबैध तरिकाले आयात भएका मालसमान सजिलै ओहोर दोहर हुने गरेको बताइन्छ ।

उहाले त्यसता गतिविधिमा सन्लगन ट्रान्सपोर्टको नाम उल्लेख नगर्दै त्यस्ता ट्रान्सपोर्टको कारण सम्पूर्ण ट्रान्सपोर्ट बदनाम हुने गरेको बताए । यता राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख नारायण मैनालीले आफू कार्यक्रममा गएको बेला कर्मचारीहरू चेकजाच गरेर ट्रक छाडेको प्रतिक्रिया दिएका छन ।

उनका अनुसार आफू कार्यक्रममै भएको बेला कर्मचारीहरू केही फेला नपरेको जानकारी दिएको कारण छोडन निर्देशन दिएको बताए । उनले आफ्नो तस्कर अथवा कुनै ट्रान्सपोर्ट सङ्ग कुनै किसिमको सहकार्य नरहेको ठोकुवा समेत गरे ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
  • धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑