• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

किसानको मेहनत एकछिनमै पानीमा घर भित्राउन ठिक्क पारिएको धान खेतमै डुब्यो

नेपाल पोस्ट दैनिक
    October 19, 2021  मा प्रकाशित

Spread the love
      

दाङ देउखुरी २ कार्तिक। अविरल वर्षाका कारण धान खेतमै डुबेपछि दाङका किसानहरु चिन्तित भएका छन् । दाङ देउखुरी क्षेत्रको अधिकांश किसानहरुको काटेर राखेको धान खेतमै डुबेको छ ।

देउखुरी क्षेत्रमा गतवर्ष भन्दा यस वर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए । तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले भने उनीहरुलाई निराश बनाएको छ । कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ ।

खेतमा काटेर राखेको धानमा आइतबार दिउँसोदेखिको निरन्तर वर्षाका कारण ठूलो नोक्सानी भएको दाङ देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदी निवासी सुदय चौधरीले बताए । उनका अनुसार गंगदी खोलाको बाढीले बगर क्षेत्रमा करिब ४० देखि ५० विघा क्षेत्रफलमा काटेर राखेको धान बगाएको बताए । ‘दशैं लगत्तै धमाधम धान भित्राउने तयारीमा रहेका थियौं तर, एक्कासी आएको अविरल वर्षाले सबै धान खोलाले खायो,’ चौधरीले भने ।

लमही नगरपालिका वडा नम्बर ३ मजगाउँका किसानहरु पनि खेतमा काटेर राखेको धान पानीले भिजाएपछि चिन्तत बनेका छन् । दाउनको लागि ठिक्क पारेर राखेको धान पानीले भिजाएको छ । त्यो भिजेको धान दाउनुअघि फेरि सुकाउनु पर्ने भएको छ । यसबाट कामको बोझ बढेको त छ नै पानी परेको धान मक्किने र गाईबस्तुलाई खुवाउने पराल कामै नलाग्ने हुँदा किसान मर्कामा परेका छन् ।

स्थानीय कृषक छविलाल कोपिलाले भने, ‘मजगाउँमा मात्रै ४० देखि ५० विघा खेतमा लगाएको धान पानीले भिजाउँदा नोक्सानी भएको छ । आइतबार मात्रै खेतमा धान काटेर रास लगाइएको थियो । अहिले सबै धान भिजेको छ ।’

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी आगनु चौधरीले करिब दुई विघा खेतमा लगाएको आफ्नो धान नोक्सानी भएको बताए । ‘अरुलाई दशैं लागिरहेको छ, हामीलाई दशा लाग्यो, वर्षभरि खाने अन्न सबै भिज्यो,’ उनले भने ।

खेतमा काटेर राखेको धान पानीले भिजाएपछि दाङ सहित देशैभरका कृषकहरु मर्कामा परेका छन् । दाङका विभिन्न भेगमा काटेर उठाउने तयारीमा रहेको सयौं विगाहाको धान पानीमा डुबेको किसानहरुले बताएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑