• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 26, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा लोकमार्गमै पार्किगँ, टया्कसको नाममा दादागिरी

नेपाल पोस्ट दैनिक
    October 13, 2021  मा प्रकाशित

Spread the love
      

लहान २७ असोज । सिरहाको लहान स्थित लोकमार्गमा व्यवस्थापनको अभावमा सवारी साधनबाट जबरजस्ती रकम असुली गर्ने गिरोह सक्रिय छ ।

लहानको सहिद चौकदेखि पूर्व एक गिरोहको निगरानीमा पार्किँग गरिरहेको छ । सहिद चौकदेखि पश्चिम तीन स्थानमा पार्किँग गरिरहेको छ । पार्किँग निषेधित भने बोर्ड लेखिएको ठाउँमा विन्गर, म्याजिक, बस त्यो गिरोहको निगरानीमा दादागिरीका साथ पार्किग गरिरहेको छ ।

दशैं तिहार, दीपावली तथा छठ पर्वको यो अवस्थामा सहिद चौकको पूर्व गाइघाट स्टेन र मुक्तिनाथ बैंकको अगाडि स्टेन सँचालन गरी भिडभाड गरिरहेको छ । सहिद चौकदेखि पश्चिम मारुती होटल अगाडि, हरिकल्याण औषधालयको अगाडि र पत्रिका पसलको छेउमा सवारी साधनको पार्किग गरेर भिडभाड बढाउँने गरेको छ । अवैधानिक संचालन गरिरहेको सो पार्किगमा विन्गर, म्याजिक तथा सवारी साधन राखिएमा प्रति सवारी ७० रुपैयाँँको दरमा अवैद्य गिरोहलाई बुझाउँनुपर्ने बाध्यता छ ।

अवैद्यानिक सँचालित सो पार्किगमा दैनिक सयौ गाडि रोकिन बाध्य पार्छ । पार्किगमा रोकिएको वापत ७० रुपैयाँको दरमा रकम असुली गरिरहेको एक विन्गर सँचालकले बताए । बीच सडकमा यसरी जथाभावी सवारी साधन रोकिँदा साना सवारी साधन सिटीवाला र सर्वसाधारणलाई दुर्घटनाको जोखिम खेप्नु परेको सिटी सँचालक रामचन्द्र महतो बताउँछन् । उता, लोकमार्गको सहिद चौकदेखि दक्षिण तरकारी बजारमा विहान बेलुका भिडभाडले सडक नै अवरोध हुँदै आएको समाजसेवी मनोज यादव बताउँछन् ।

यादव अगाडि थप्छन् — सवारी साधनको व्यवस्थापन नगरिएकोले यो कोरोनाको अवस्थामा लहानमा जहाँ पनि भिड बढेको छ । प्रहरी प्रशासन र स्थानीय निकाय यसलाई यथाशिघ्र व्यवस्थापन गर्नुपर्ने हो । यो दायित्व पनि ती सरोकारवाला निकायको हो । नभए अब जनता आन्दोलनमा उत्रिन बाध्य हुने उनी बताउँछन् । पार्किगमा सवारी साधन लगाउँदा सम्बन्धित युनियनलाई दैनिकी रकम बुझाइरहेको छु । त्यसमा पनि थप ७० रुपैयाँको दरमा दादागिरी ट्याक्स बुझाउँनुपर्ने बाध्यता छ ।

यो ७० रुपैयाँ न कुनै राजस्वमा जान्छ । न कुनै निकायमा नै जाने गरेको छ । व्यक्तिगत दादागिरी ट्याक्स उठाउँने गरेको छ । जो मासिक ७—८ लाख असुली गरेर केही व्यक्तिले बाँडफाड गर्छन् एक विन्गर सँचालक बताउँछन् । उता, जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका इन्स्पेक्टर दानबहादुर मिरिँगचिँगले ‘चाडै सडक व्यवस्था गर्ने । अवैद्य पार्किँगलाई वस पार्कतर्फ लैजाने तयारी गरिरहेको छु । एक साताभित्र सवारी साधनको व्यवस्थापन गर्न छलफल अगाडि बढाउँने बताउँछन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑