सिरहा १६ असोज । सिरहाको गोलबजारमा रहेको न्यु ग्रीनलयान्ड होटलबाट आपत्ति जनक अवस्थामा २ महिला र ४ पुरुष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी सिरहाकाे टाेलिले यौनधन्दा चलाउने गरेको विशेष सुचनाको आधारमा छापामारी होटल सञ्चालक सहित ६ जनालाई नियन्त्रणका लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्ने हरुमा न्यु ग्रीनलयान्ड होटल सञ्चालक जीवछ साह र राजु हाेटेलका साहु राजु साह र सिरहा कल्याणनपुर नगरपालिका १०का राजन पासमान र कल्याणपुर नगरपालिका १२का सतिश पासमान र २ महिला सहित ६ जनालाई नियन्त्रणमा लिएको जनाएकाे छ ।
घटनाकाे विस्त्रित विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ । पक्राउ परेका सवैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको प्रहरीले बताएका छन ।