• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

यौन दुर्व्यवहारको उजुरी गर्दा पनि नहुदा बालिकाले गरे आत्महत्या

नेपाल पोस्ट दैनिक
    September 30, 2021  मा प्रकाशित

Spread the love
      

धनुषा १४ असोज । धनुषाको जनकनन्दनी गाउँपालिका–४ बस्ने १२ वर्षीया ममता कामतले न्याय नपाउँदा आवेगमा आएर विषपान गरी आत्महत्या गरेकी छन् । उनले असोज १२ गते विष खाएर आत्महत्या गरेकी हुन् ।

कक्षा ७ मा अध्ययनरत उनीमाथि भदौ २३ मा ट्युसन पढेर घर फर्किने क्रममा सोही गाउँका तीन युवाले यौन दुर्व्यवहार गरेको आरोपका साथ परिवारले स्थानीय प्रहरी चौकीमा उजुरी दिएको थियो ।

ती युवाले मोबाइल नम्बर लेखिएको एउटा पर्ची ममताको हातमा जबर्जस्ती थमाएको बताइन्छ । दुर्व्यवहारबारे बालिकाले परिवारजनलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय खजुरीमा भदौ २४ मा आफूहरुले जाहेरी दिएको मृतकका पिता सुरेश कामतले बताए ।

प्रहरीले गाउँमै घटना मिलाउन भनेपछि आफूहरुले जनकनन्दनी गाउँपालिका– ४ का वडा अध्यक्ष हरिचन्द्र कामतलाई गुनासो गरेको उनको भनाइ छ ।

वडा कार्यालयमा भदौ २५ मा सो घटनाबारे छलफल भए पनि कुनै निष्कर्ष निस्किएन । दुर्व्यवहार गर्ने पक्षका रामउदगार दासले होहल्ला गरेपछि छलफल कुनै टुङ्गोमा नपुगेको वडा अध्यक्ष हरिचन्द्र कामतले जानकारी दिए । न्यायमा ढिला हुँदा बालिकाले आत्महत्या गरेको स्थानीयवासी धुपु कापरले बताए । ईलाका प्रहरी कार्यालयमा जाहेरी दिँदा समेत प्रहरीले कारवाही प्रक्रिया नबढाउँदा बालिकाले आत्महत्या रोजेको उनको भनाइ छ ।

इप्रका खजुरीका इन्सपेक्टर रवि मैनालीले पीडित परिवारले उजुरी दिँदा पीडित बालिकालाई नल्याएका कारण दर्ता प्रक्रिया अघि बढ्न नसकेको बताए । पीडित परिवारको उजुरीको आधारमा आरोपित तीन जनालाई प्रहरी कार्यालयमा बोलाएर आफूहरुले सोधपुछसमेत गरेको उनको भनाइ छ ।

घटना अनुसन्धानको क्रममा पीडित बालिकाको समेत बयान आवश्यक रहेकाले उनलाई बोलाएको तर नआउँदा आफूहरुले घटना दर्ता गर्न नसकेको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरधाममा बालिकाको शव पोस्टमार्टम गरिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑