• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष, विद्यालयको प्र.अ बिपिनझाको पुतला दहन

नेपाल पोस्ट दैनिक
    September 9, 2021  मा प्रकाशित

Spread the love
      

सप्तरी २४ भदौ ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ अवस्थित लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा विद्यालय ब्यबस्थापन समिति गठनको विरुद्धमा अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् ।

जनप्रतिनिधि र प्रधानाध्यापकले अभिभावक नभएका आफ्ना आसेपासेलाई सम्मिलित गराई समिति गठन गरेको भन्दै अभिभावकहरुले बिरोध जनाएका हुन् ।

विद्यालयमा भेला भएका अभिभावकहरुले विद्यालय ब्यबस्थापन समिति खारेजीको माग गर्दै गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, वडा नम्बर ७ का अध्यक्ष गुलाव प्रसाद सिंह र प्रधानाध्यापक बिपिन झाको पुतला दहन गरे ।

पुत्ला दहन गर्दै विद्यालयका अभिभावक उपेन्द्र प्रसाद यादवले गोप्य रुपमा गठन भएको समितिलाई खारेज गर्नुपर्ने बताए । यस सामुदायिक विद्यालयमा गरिवको छोराछोरी पढिरहेको छ तर गरिव बिपन्न परिवारका अभिभावकलाई समितिमा नराखेर जनप्रतिनिधिको आफ्नो आसेपासेलाई राखेर समिति गठन गरेको उनले बताए ।

नवगठित समितिमा रहेको पदाधिकारीको छोराछोरीहरु राजबिराज, हनुमाननगर, बिराटनगर काठमाडौंसहितका संस्थागत विद्यालयमा पढिरहेको अभिभावकहरुले जानकारी दिएका छन् । समितिमा बस्न उनीहरुले पछि बिद्यार्थी भर्ना गराएको आन्दोनरत् अभिभावकहरुले आरोप लगाएका छन् । विद्यालयलाई राजनैतिक अखाडा बनाएको पूर्व शिक्षक गोसाई यादवले बताए । उनले विद्यालयलाई राजनैतिकबाट मुक्त गराउनु पर्नेमा जोड दिए ।

अभिभावकहरुले विद्यालय ब्यबस्थापन समिति पुर्नगठन नगरिए विद्यालयमा तालाबन्दीसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । विद्यालयको नवगठित पदाधिकारीहरुलाई बुधबार आयोजित एक कार्यक्रमका बीच पदस्थापना गरिएको थियो ।

वडा अध्यक्ष गुलाव प्रसाद सिंहको अध्यक्षतामा नवगठित समितिका अध्यक्ष अभय कुमार सिंह, नथुनी मण्डल, सदस्य दर्शन यादव, अरुण कुमार सिंह, महिला सदस्य उर्मिला देवी साह, शोभिता मण्डल, शिक्षक प्रतिनिधि संतोष सिंह, बाल क्लबबाट रिंकु कुमारी राउत, लखन मण्डल, सदस्य सचिव प्रधानाध्यापक बिपिन झा, वडा प्रतिनिधि गुलाव प्रसाद सिंहलाई पदास्थपना गरिएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑