नवलपरासी / भदौ २४ गते। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा पर्ने धर्माैली मटरा नाका पाल कमान्डर वरिष्ठ हवलदार राजेश तेली काे मिलाेमत र शस्त्र बि ओ पि क्याम्प गुठी प्रसाैनीका घुमुवा द्वय पप्पु गुप्ता र रन्जित गैरेले घुमुवा काे नाम तस्करहरु सँग मिली बाेर्डर साईडमा तान्दव मच्चाउने गरेका छन् ।
घुमुवा द्वय गुप्ता र गैरे दुवै जना तस्करसँग मिलेर हरियाे मटर नेपालबाट भारत तर्फ यस्तै भारतबाट नेपाल तर्फ हार्डवेयर,चिनी,टायल तस्करी गराउने गरेकाे र साथ साथै लागू पदार्थमा आफै संलग्न भई तस्करीको साथ दिदै आएका छन् ।
पश्चिम नवलपरासीको बसहिया, धर्माैली,मटरा नाकाबाट तस्करी हुने गरेकाे स्थानीयले बताएका छन् । पटकपटक विभिन्न मिडिया मार्फत समाचार प्रशारण भएता पनि तस्करी गराउने हरुकाे कुनै पनि निकायले केही गर्न सकेको छैन् । साथै स्थानीयले आफ्नो घर खर्च चल्ने खाद्यान्न सामाग्री लिएर आउँदा उनीहरुलाई समेत तर्साउने गरेका स्थानीयहरुले दाबीसमेत गरेका छन् ।