उदयपुर सम्वादाता ३२ साउन । कृशलाका हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमवार सार्वजानिक गरेको छ ।
करिब सय भन्दा बढी मानिसहरुलाई गर्दै आएको गहिरो अनुसन्धान पछि २ जनालाई प्रहरीले सार्वजानिक गरेको हो । कृशला हत्यामा संलग्न सप्तरीको सुरुङगा नगरपालिका १ का उचित लाल सदा र सोहि ठाउँका २३ बर्षिय बिषे सदालाई प्रहरीले सार्वजानिका गरेको छ ।
घटनामा संलग्न रहेको उचित लाल सदाले कृशलाले आफ्नो घरबार बिगारेको निउमा हत्या गरेको प्रहरी वयानमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय उदयपुर (एसपी) चन्द्रदेव बोहोराले बताउनुभयो ।

१९ गते मात्र कृशलाको लाश सडिएको अवस्थामा फेला पारेपछि प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु गरेको थियो ।
कृशलाको लाश स्थानीयहरुले १९ गते सडेको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । लाश शडेको र दुर्गन्धीत अवस्थामा रहेकाले पहिचान गर्न समस्या परेको थियो । प्रहरीले स्थानीयहरुलाई सोधपुछ गर्दा स्थानीयहरुले पहिचान गर्न सकेन ।
प्रहरीले हत्यामा केहि हतियारहरु प्रयोग नभएको जनाएको छ । कृशलाका हत्या गर्दा एकजनाले छातिमा टेकेर घाँटि थिचेको र अर्का एकजनाले हातको मुड्की प्रयोग गरी हत्या गरेको बयान दिएको छ ।
त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ बर्षिया कृशलाको साउन १३ गते हत्या भएको थियो ।