सिराहा ३२ साउन। सिरहाको दक्षिणी सिमावर्ती नवराजपुर गाँउपालिकाका जनता समाजवादी पार्टी नेपालका जनप्रिय युवा नेता शिव उदगर यावद ज्यु अध्यक्षतामा आज विशेष अवस्थाका व्यक्तिहरुलाई स्कुटर वितरण गरिएको छ।
वितरण कार्यक्रमको प्रमुख अतिथि प्रदेश न २ का आर्थिक योजना तथा विकास मन्त्री अर्थ मन्त्री माननीय विजय यादव उपस्थित रहेका थिए।
आजको कार्यक्रममा पूर्ण अपांगहरुलाई स्कुटर वितरण गर्ने कार्यक्रम रहेका थियोे । जसमा ३ जना पूर्ण अपांगहरुलाई प्रदेश न २ का अर्थ मन्त्री माननीय विजय यादव ज्यु द्धारा स्कुटर हस्तान्तरण गर्नुभएको छ ।
नवराजपुर गाउँपालिकाका हरेक टोलबाट जनतालाई एक ठाउँमा भेला गरेर हरेक जनताको समस्या बुझ्दै बिगतमा भएको बिकास निर्माण कार्यको निरीक्षन साथै नयाँ बिकास योजनाको लागि आफ्नो संसदीय क्षेत्रमा भ्रमण गरि बिकासको लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।