उर्मिला यादव यात्री बैशाख ५ नवलपरासी। पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने पहाडको खुर्सानी खोलामा खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो । मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ६ की २७ वर्षीया कल्पना पुन, सोही जिल्लाकी सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती, बाझीकोट गाउँपालिका–५ की देवी केसी र मुसिकोट नगरपालिका–१ का २१ वर्षीय गोपाल ओली रहेका छन् । दुर्घटनामा रुकुम पश्चिम र सल्यानका यात्रु गरी ४९ जना घाइते भएका छन् । यस्तै गम्भिर घाइते भएका २ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै सामान्य घाइते भएकाहरुलाई उपचारपछि आज नै घर पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भयो । बस दाउन्ने पहाडबाट १ सय ५० मिटर तल खसेको थियो ।
सम्बन्धित खबर
सिरहा नेपाली कांग्रेसको जिल्ला सभापतिमा सर्वसम्मत रूपमा सन्तोष कुमार चौधरी चयन
सप्तरीको जानकीनगरमा सामाचकेवा महोत्सव २०८३ भव्य रूपमा सम्पन्न
लहान–२२ का एकै दिन तीन विद्यालयमा नवनिर्मित चार कोठे भवन उद्घाटन
हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक
सामाचकेवा पर्व, दाजुभाइ र दिदीबहिनी बीचको प्रेम, विश्वास र आत्मीयताको अनुपम प्रतीक
