समाचार

लिखु तामाकोशी गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्षलाई जरिवाना सहित एक-एक वर्षको कैद सजाय ।

रामेछाप १० बैशाख । रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष र सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्षलाई विहिबार काठमाडौं अदालतले कैद सजाएको फैसला गरेको छ ।

जिल्ला अदालत काठमाडौंका जिल्ला न्याधिश रामचन्द्र पौडेलको इजलासले गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल र वडा अध्यक्ष सुवास बोहोरालाई एक-एक वर्ष कैद र १०-१० हजार नगद जरिवानाको फैसला गरेको हो ।

गाउँपालिका अध्यक्ष गोविन्दा खड्कालाई सोही पालिकाबासी (मिलन) भनिने लोप्साङ लामा र अमृत तामाङ्ले भने जती चन्दा नदिए ज्यानमार्ने धम्कीदिएर २ करोड मागेका थिय।

खड्काले गृहमन्त्रालय सहितका सुरक्षा निकायमा पुगेर उनीहरुलाई पक्राउ गर्ने भनेपछि प्रहरीले गोली हानी पक्राउ गरेको थियो । गोली लोप्साङ्को खुट्टामा लागेको थियो र घटनासंग पालिका उपाध्यक्ष दिपशिका दाहाल र सात नम्बर वडाका अध्यक्ष बोहोराको नाम जोडिएको थियो।

फैसला अनुसार मिलन भनिने लोप्साङ लामालाई ६ बर्ष कैद र ६० हजार नगद जरिवाना, अमृत तामाङ्लाई ३ बर्ष कैद र ३० हजार नगद जरिवानाको फैसला गरेको छ।