उर्मिला यादव नवलपरासी २ चैत।पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा नव जागरण युवा क्लब मिनि बनकट्टी बिजयी भएको छ । आज दिउसो भएको नव जागरण युवा कल्ब मिनि बनकट्टी र सार्वङ्गिक विकास मञ्च सुनवल–६ विचको खेलमा नव जागरण युवा क्लब मिनि बनकट्टी ३ गोल अन्तरले बिजयी भएको हो । सार्वङ्गिक विकास मञ्च सुनवल–६ ले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । सार्वङ्गिक विकास मञ्च सुनवल–६ ले कुनै गोल गर्न नसकेपछि नव जागरण युवा क्लब मिनि बनकट्टीले ३ गोल गर्दै जित हासिल गरेको छ । यस्तै गरी भोलि लर्ड बुद्ध ब्लु र सुनवल ३५ एफ सि बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।
सम्बन्धित खबर
हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक
सामाचकेवा पर्व, दाजुभाइ र दिदीबहिनी बीचको प्रेम, विश्वास र आत्मीयताको अनुपम प्रतीक
पैसा डबल बनाइ दिने प्रलोभन देखाउने गिरोहको बिगबिगी, सर्वसाधारण ठगिने जोखिम बढ्दै
सप्तरीको सुरूङ्गा नगरपालिकाद्वारा पाँच दिने निःशुल्क बृहत् योग विज्ञान शिविर सञ्चालन
प्रदेश स्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सम्पन्न
