उर्मिला यादव नवलपरासी फागुन २९गतेपश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा लर्ड बुद्ध रेड बिजयी भएको छ । आज दिउसो भएको लर्ड बुद्ध रेड र नदुवा युथ क्लव विचको खेलमा लर्ड बुद्ध रेड २ गोल अन्तरले बिजयी भएको हो । नदुवा युथ क्लवले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । नदुवाले कुनै गोल गर्न नसकेपछि लर्ड बुद्ध रेडले २ गोल गर्दै जित हासिल गरेको छ । प्रतियोगितामा लर्ड बुद्ध रेडका शुभम गुरुंग म्यान अफ द म्याच घोषित भएका छन । यस्तै गरी भोलि आइतबार बर्म भैरव र बिग बुद्ध युवाक्लब बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।
सम्बन्धित खबर
प्रथम सगरमाथा नकआउट फुटबल प्रतियोगिता सञ्चालन
छठ पर्व मनाउन मुसहर बस्तीमा मेयर चौधरीद्वारा साडी वितरण
प्रथम करमनेश्वर हरियाली गोल्ड कप २०८३ सुरु
तेस्रो अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन
लहान ११ मा एक दिने मधुमेह परीक्षण शिविर सम्पन्न
