• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

संगठन बिरूध लागेको आरोपमा बिहान ३ बजेसम्म थुनिएका प्रहरी नायब निरीक्षक सिंह सुगौली विर्ताको कमान्डर

नेपाल पोस्ट दैनिक
    September 27, 2020  मा प्रकाशित

Spread the love
      

बिरगंज, ११ असोज / नेपाल प्रहरी संगठनको नीति निर्देशनको खिल्ली उडाउदै हिडेका प्रहरी नायब निरीक्षक सिंहलाई इलाका प्रहरी कार्यालय सुगौली विर्ताको प्रमुखको रूपमा चयन गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा करीब ५ बर्षदेखि कार्यरत रहेका प्रहरी नायब निरीक्षक सुमन सिंह आफ्नै संगठनको नीति निर्देशनको खिल्ली उडाएको र आफ्नै संगठनलाई बदनाम गर्ने गरेको आरोप लागेको थियो ।
प्रहरी नायब निरीक्षक सुमन सिंह जिल्ला मातहात रहेका प्रहरी चौकी इनर्वामा कार्यरत हुदा नामूद तस्कर संगठनहरू सङ्ग रकम असुल गर्ने गरेको विभिन्न मिडिया मार्फत उजागर भएको थियो । सन्चार माध्यममा घुसखोरी बिषयमा पर्दाफास हुनसाथ इलाका प्रहरी कार्यालय ठोरीमा लखेटिएका प्रहरी नायब निरीक्षक पुन: ८ महिना पश्चात् जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलिमा आउन सफल भएका थिए । तर क्राइम टोलिमा कार्यरत हुदा केही बिचौलियाको इशारामा संगठन भित्र हुँदै नभएको कुरा बिचौलिया मार्फत बदनाम गराएको आरोपमा बिहान ३ बजेसम्म थुनिएको प्रहरी श्रोतले जनाएको छ ।
बिचौलिया सङ्ग बसेर जाड रक्सी खाएर आफ्नो संगठन भित्रको कुरा बाहिर लगेको कुराको साथै तस्करहरू सङ्ग साटघाट रहेको आरोपमा प्रहरी नायब निरीक्षक सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल शाखामा बिहान ३ बजेसम्म थुनिएका थिए । तर दुर्भाग्यको बिषय के हो भने संगठनको नीति निर्देशन विपरित कार्य गर्ने प्रहरी नायब निरीक्षक सुमन सिंहलाई इलाका प्रहरी कार्यालय सुगौली विर्ताको जिम्मा दिइएको छ । प्रदेश प्रहरीमा आफ्नो पावर छ भन्ने बिचौलियाको सहयोगले उनी इलाका प्रहरी कार्यालय सुगौली विर्ताको जिम्मेवारी पाएको चर्चा परिचर्चाको बिषय बनेको छ ।
यता इलाका प्रहरी कार्यालय सुगौली बिर्ताको जिम्मेवारी पाउनसाथ प्रहरी नायब निरीक्षक सुमन सिंह भैंसी र मदिरा तस्करहरू सङ्ग मासिक नजराना बुझेको खबर प्राप्त भएको छ । तस्कर संगठन सङ्ग मासिक २० हजारदेखि ५० हजारसम्म नजराना बुझेको बताइन्छ । उढरी कहियो ना सुधरी भन्ने भोजपुरी उख्खान जस्तै प्रहरी नायब निरीक्षक जहाँ गएपनी अबैध रकम असुल गर्न बाहेक अरू केही गर्न नसकेको श्रोतको दाबी छ । प्रहरी संगठन भित्रको कुरा बाहिर ल्याउने प्रहरी अधिकारीलाइ कारवाही हुनु पर्ने हो तर सिंह माथी कारवाही स्वरूप तीन घन्टा थुनी चौकी प्रहरी प्रमुखको जिम्मेवारी थपिनु के कति जायज रहेको बिषय आम सर्वसाधारणलाई छर्लङ्ग भएको कुरा हो । तसर्थ प्रहरी संगठन भित्र रहेका यस्ता प्रहरी माथी कारवाही हुन अवाश्यक देखिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑