• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भेरीअञ्चल अस्पतालमा सिटीस्क्यानका कर्मचारीको दादागिरीः दिउँसै ताला बन्द, बिरामीलाई सास्ती

नेपाल पोस्ट दैनिक
    August 29, 2020  मा प्रकाशित

Spread the love
      

बाँके १३ भदौ  । भेरीअञ्चल अस्पताल नेपालगञ्जमा कर्मचारीहरुको लापरबाहीका कारण विभिन्न स्थानबाट कोरोना कहरबीच जोखिम खेपेर उपचारका लागि आउने बिरामीहरुले कर्मचारीहरुको लापरबाही तथा मनोमानीका कारण सास्ती भोग्नुपरेको छ ।

अस्पतालका विभिन्न प्राविधिक फाँटमा काम गर्ने कर्मचारीहरुले आफुखुशी काम गर्दा गम्भीर अवस्थामा रहेका विरामीहरुले दुख पाउने गरेका हुन । अस्पतालमा डक्टरको चेकजाँच ठिक रुपमा हुनेभएपनि केही कर्मचारीहरुको व्यवहारले आफुहरुले हैरानी भोग्नुपरेको बिरामीका आफ्न्तहरुको भनाई छ ।

आज प्यारालाईसिसको समस्या भोग्दै आएका एक बिरामीलाई सिटीस्क्यान गराउनका लागि उनका छिमेकीहरुले भेरी अञ्चल अस्पतालमा कार्यालय समयमै पुर्याए तर त्यहाँ सिटीस्क्यान गर्ने कर्मचारी ताला लगाएर घरमा बसेका थिए । बिरामीका सहयोगीहरुले उनलाई फोन गरेर बोलाउँदा समेत सेवा दिन तयार भएनन् ।

भेरीअञ्चल अस्पतालका सिटीस्क्यान, एक्सरे लगाएका विभिगमा काम गर्ने कर्मचारीहरुले बिरामीलाई दुख दिने गरेको गुनासो यो पहिलो भने होइन । यसअघि पनि यस्ता गुनासोहरु सामाजिक सञ्जाल र समाचार माध्यमहरुमा आइरहेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ घरबारीटोल निवासी तपन कुमार बिश्वास बिगत केही दिनदेखी प्यारालाईसिस भई थला परेका छन । उनको उपचारका लागि टोल छिमेकबाट आर्थिक सहयोग संकलन गरेर आज सिटीस्क्यान गराउन भेरीअञ्चल अस्पतालमा लगिएको थियो ।

छरछिमेकीले बिरामीलाई अस्पताल पुर्याए पनि त्यहाँ सिटीस्क्यान गराउने कर्मचारी मिश्राले कार्यालयमा ताला लगाएर घर गएका थिए । उनलाई पीडित बिरामी तपन विश्वासको सिटीस्क्यान गरिदिन भन्दै धेरै अनुरोध गर्दा समेत नआएको भन्दै बिरामी पक्षकाले हरपल नेपालका बाँके समाचार प्रमुख दिनेश कुमार श्रीवास्तवसँग गुनासो पोखें ।

समाजसेवी एवं बिरामीको उपचारको लागि आर्थिक संकलन गरेर अस्पतालसम्म पुगेका बन्टी सिंह सरदारले अस्पतालका सिटीस्क्यान कर्मचारी मिश्राको मनोमानीले धेरैले दुख पाएको बताए । सरदारले भने–‘जनताले बिश्वास गरेर आ–आफ्ना बिरामीहरुलाई सन्चो हुन्छ भनेर अस्पताल ल्याएका हुन्छन तर मिश्रा जस्तो कर्मचारीहरुको व्यवहारले गर्दा त बिरामी उचार गराउन नपाई मृत्युको मुखमा पुग्न बेर छैन।’

फोन गरेर बोलाउदा मिश्राले आफूले सिटी स्क्यान नगर्ने, वाहिर बिरामीलाई बाहिर लिएर जान भनेको सरदार बताउँछन । मिश्राले बाहिर प्राइभेटमा पठाउने नियत देखाएपछि बिरामीका सहयोगी र अस्पतालका कर्मचारीबीच केहीबेर विवाद समेत भएको थियो ।

सरदारले दुखेसो पोख्दै भने–‘स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम गर्ने कर्मचारीहरुको यस्तो व्यवहारबाट धेरै मानिसहरु दुखी हुन्छन । कर्मचारीमा आफ्नो स्वार्थ भन्दा पनि बिरामीहरुप्रति सेवाको उदेश्य हुनुपर्नेमा मिश्राको यस्तो व्यवहारले गर्दा बिरामीको अकालमा मृत्यु समेत हुन सक्छ । यस्तालाई अस्पताल प्रशासनले कारबाही गरोस् ।’

उक्त विषयमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा त्यहाँ कसैलाई सम्पर्क गर्न सकिएन । उपचारको प्रकृयामा अहिलेको जटिल अवस्थाबिच अस्पताल पुगेका बिरामीहरुले अस्पताल पुगेरपनि कर्मचारीको कारण यस्तो दुख कहिलेसम्म भोग्नुपर्ने हो ? समस्याको समाधानमा अस्पताल प्रशासनले ध्यान दिन जरुरी रहेको बिरामीका आफन्तजनहरुको भनाई रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑