प्रदेश १

प्रतिबन्धित लागुऔषध सहित एक युवति पक्राउ

झापा  १२ फाल्गुन । प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिव सतासी नगरपालिका-११ की २३ वर्षीया वीना डाँगी रहेकी छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना७ख ५७०२ नम्बरको यात्रुबाहक बसबाट ४.२६ ग्राम खैरो हिरोइनसहित आइतबार साँझ डांगीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर हिरोइन  ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ ।अनलाइन खबरबाट