विराटनगर १७ माघ । मोरङको बेलवारी नगरपालिका–५ कसेनीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ प ६९२३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ग्रामथान गाउँपालिका–५ का २० वर्षीय राजकुमार सरदारको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सरदारको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताउनु भयो ।
