नरेन्द्र महतो गौशाला १५ माघ ।रकम उपलब्ध नगराएको कारण सम्सी गाउँपालिकामा रहेका विधालयका वालवालिकाहरु खाजा बाट बन्चित भएका छन ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका अन्तर्गतका विधालयहरुमा रकम नपठाएको कारण वालवालिकाहरु खाजा खान बाट बन्चित भएका श्री जनता माध्यमिक विधालयका प्रधान ध्यापक राम प्रवोध साहले जनाए गाउँपालिकालाई खाजाको रकम उपलब्ध गराउनको लागि ६,७ महीना देखि माँग गरे पनि कुनै ध्यान नदिएको कारण वालवालिकाहरु खाजा खान वाट बन्चित भएका साहले स्वीकार गरे।शिक्षकहरुको तलव दशैं देखि लिएर सात महीनाको बाँकि रहेको छ ।
तलवको लागि पटक पटक जिल्ला अधिकारि तथा गाउँपालिकालाई जानकारि गराए पनि कुनै ध्यान नदिएकोमा उनले दुःख प्रकट गरे । सबै शिक्षक एक नासको नभएकोले शिक्षकहरु घरपरिवार चलाउन धाउ धाउ परेको छ र कति शिक्षकहरुको बाल वालिका पढाइ बाट बन्चित भएका छन किन विधालयको शुल्क र घर भाडा नदिएको कारण घरमा बसिरहेको छ ।
शिक्षक पेशा ज्ञानको ज्योति फैलाउने पेशा भए पनि समयमा तलव उपलब्ध नगराएको कारण यो पेशा दुःखै दुःखले भरिएको हो जस्तो अनुभव भईरहेको साहले जनाए । विधालयमा शिक्षकको अभाव विना पनि निजि श्रोतमा शिक्षकलाई राखेर पठन पठान गराईरहेको छु । तर शिक्षकको लागि पटक पटक गाउँपालिकालाई जानकारि गराए पनि कुनै चासो लिनु भएको छैन ।
विधालयमा विधार्थीको जनसंख्या११५० रहेको छ तर शिक्षक सबै मिलाएर १२ जना मात्र रहेको उनले जनाए । मा. वि . तहमा एउटा पनि थाई शिक्षक नभएको र नि. मा. वि। स्तरमा चार जना शिक्षक मात्र थाई रहेको छन र बाँकि वालविकासका शिक्षक, शिक्षिका रहेका छन । अति मात्र होईन विधालयको लागि एक सय जोडा फर्निचरको माँग गरे पनि गाउँपालिकाले उपलब्ध गराउन सकेको छैन ।सिंहदरवारको अधिकार घरमा आए पनि विधार्थी देखि लिएर कर्मचारीहरु दुःखै दुःख पाईरहेको छ ।
बीस वर्षमा नपाएको दुःख गाउँपालिकालाई अधिकार दिएको दिन देखि नै तलवको लागि दुःख पाईरहेको प्र. अ. साहले बताए ।
अता गाउँपालिकामा प्रशासकिय अधिकृत नभएको कारण गाउँसभा हुन सकेका थिएन केही दिन पहिले गाउँसभा सम्मपन्न भएकोले अबको दुई चार दिनमै सबै कर्मचारीहरुको तलव दिईने सम्सी गाउँपालिकाको कार्यालयले जनाएको छ।
