समाचार

अवैध चाँदीका गरगहना सहित दुई जना पक्राउ

लहान १३ पुस। सिरहाको लहानबाट अवैध पोने ६ किलोग्राम चाँदीका गरगहना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका १४ का ३० वर्षिय सुमन विश्वकर्मा र झापाको शिवसतासी नगरपालिका ८ का ३८ वर्षिय दलबहादुर विश्वकर्मा छन् । ईलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेका उनी दुवै जनाको साथबाट ५ किलो ७ सय ४२ ग्राम चाँदीको गरगहना बरामद भएको छ ।

बरामद भएको गहनाहरुमा ठूलो व्रासलेट २७ थान, सानो व्रासलेट १८ थान, अँगुठी १ सय ९६ थान, बाला ५८ थान, लेडिज ब्रासलेट २५ थान र ड्राईगेन ४९ थान छन् । उक्त गरगहना अन्दाजी ३ लाख ६० हजार रुपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।