नरेन्द्र महतो र गौशाला ११ माघ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा शुक्रवार टेक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना समान्य घाईते भएको ईलाका प्रहरी कार्यालय गौशाला प्रहरी निरिक्षक प्रकाश रेग्मीले जनाएको छ ।
सम्सीमा रहेको जीवन ज्योति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ मृत्यु हुने वालक उमेश पंडितको छोरा वर्ष ६ को सानू पंडित रहेको प्रहरीले जनाएको छ । सम्सी गाउँपालिका वडा न। ६ मा ज। १ त ६१६९ टेक्टर दुर्घटना भएको थियो र मुत्युक वालकलाई पोष्ट मैटमको लागि जिल्ला अस्पताल जलेशवर पठाईएको रेग्मीले जनाएको छ ।