• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

घाम लागे पनि किन बढी चिसोको महसुस ?

नेपाल पोस्ट दैनिक
    January 24, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौं १० माघ । काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ। एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ।

अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताइन्। उनले चिसो बढे पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र विस्तारै तापक्रम बढ्दै जाने बताइन्। राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ। तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ।

अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ, भने देशका पूर्व र मध्यका केही स्थानमा आंशिक बदली रहेको मौसमविद् कँडेलको भनाइ छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव आठ र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

महाशाखाले तराईको हुस्सु÷शीतलहरसम्बन्धी आज बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ। अपराह्नपछि विस्तारै कुहिरो हटेर जानेछ। अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑