• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अछाम : छाउगोठमा मृत्यु हुँदा मृतकका जेठाजुलाई ४५ दिन कैद

नेपाल पोस्ट दैनिक
    January 23, 2020  मा प्रकाशित

Spread the love
      

अछाम ९ माघ । साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी पार्वती बुढा रावतको मंसिर १६ गते छाउगोठमा मृत्यु भएपछि पक्राउ परेका जेठाजुलाई जिल्ला अदालत अछामले ४५ दिनको कैद फैसला सुनाएको छ।

मृतक पार्बतीका जेठाजु छत्र रावतलाई जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ४५ दिन कैद फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति हुन्। रावत यसअघि अदालतको आदेशमा २५ दिन प्रहरी हिरासतमा बसिसकेका छन् । रावतलाई भेदभाव तथा अन्य अपमान जनक शीर्षकमा गएको पुस १३ मा मुद्दा दर्ताको पछिल्लो दिन १५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको अछाम प्रहरीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

उनले एक वर्षभन्दा कम कैद सामान्य प्रकृतिका मुद्दामा प्रतिदिन तीन सय रुपैयाँका दरले बुझाइन्छ भने रावतले कैदमा बस्न बाँकी रहेको १० दिनको छ हजार रुपैयाँ बुझाएर गएका जानकारी दिए।

मृतक पार्वतीका श्रीमान् रोजगारको सिलसिलामा भारतमा रहेका र सासू ससुरा पनि घर बाहिर रहेकाले प्रहरी प्रतिवेदनका आधारमा घरमूली रहेका छत्र रावतलाई मंसिर १९ गते पक्राउ गरिएको थियो।

रावतको मृत्युपछि अछाममा छाउगोठ भत्काउने अभियान तीव्र भइरहेको छ। अछामलाई फागुन महिनाभित्र छाउ गोठ मुक्त जिल्ला घोषणा गर्ने गरी प्रहरी र जनप्रतिनिधि गोठ भत्काउने अभियानमा लागिपरेका छन् ।

मंगलसेनमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको उपस्थितिमा हालै सम्पन्न ‘मर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियान’ मार्फत १३ बुँदे घोषणापत्र जारी गरिएको छ ।

घोषणापत्रमा स्थानीय सरकारको संयोजनमा छाउपडी बस्ने चलनविरुद्ध जनचेतना फैलाउने, सरसफाइ तथा स्वच्छता व्यवस्थापन गर्ने र प्रत्येक वडा तथा टोलस्तरमा नियमित अनुगमन गरिने उल्लेख छ ।

त्यस्तै गोठ भत्काएपछि पनि वैकल्पिक रूपमा पाल टागेर छाउ बार्ने तथा ओढारमा बस्ने गरेको भेटिए कानुन बमोजिम कारबाही गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

२०७३ मा महिला तथा बालबालिका कार्यालयले छाउपडि अवस्थाबारे बिश्लेषण सम्बन्धी घरधुरी सर्वेक्षण अनुसार जिल्लामा ३२ हजार ६ सय ६ गोठ रहेको छ ।

प्रहरीले हालसम्म २ हजार ९ सय ४४ गोठ भत्काएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।अछाममा एक दशक यता १४ जना महिला तथा किशोरीको छाउगोठमा ज्यान गइसकेको छ। अन्नपुर्ण पोष्टबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑