• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउनका लागि योजना आधारपत्र तयार : प्रदेश नं २

नेपाल पोस्ट दैनिक
    January 23, 2020  मा प्रकाशित

Spread the love
      

धनुषा ९ माघ । प्रदेश नं २ सरकारले प्रदेशवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन आगामी पाँच वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गरी गरिबी दर झार्ने लक्ष्य निर्धारण गरेको छ ।

सरकारले सोका लागि उच्च मानव विकास पहिचान र समृद्ध मधेश समाज मूल सोचसहित सो अवधिभित्र विद्यमान ६।५३ प्रतिशत आर्थिक वृद्धिदरबाट ११ प्रतिशत परिमाणात्मक लक्ष्य हासिल गर्ने आवधिक योजना आधारपत्र तयार गरेको छ ।

सोही अन्तर्गत प्रदेशको विद्यमान समग्र गरिबी दर २७.७ प्रतिशतबाट २१ प्रतिशतमा झार्ने रणनीति अवलम्बन गरिएको छ । आर्थिक सर्वेक्षण २०७५का अनुसार आर्थिक वर्ष ०७५/७६ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन ४४४.४९ अर्ब देखाइएकालाई आधार मानी योजना अवधिको प्रत्येक वर्ष ०.५ प्रतिशत बिन्दुले बढाउँदै पहिलो प्रादेशिक योजनाको अन्तमा आर्थिक वृद्धिदर ११ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रदेशको  सोच  निर्माणमा कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि र खाद्य बचतद्वारा अन्तरप्रदेश माग आपूर्तिमा योगदान, प्रदेशभर उपलब्ध क्रियाशील उमेरका जनसङ्ख्या समूहका जनशक्तिका लागि रोजगारी सिर्जना, औद्योगिकीकरणमा स्थानीय उत्पादन  आबद्ध र गुणात्मक स्वास्थ्य, शिक्षामा लगानीलाई प्रमुख गन्तव्य दृष्टिगत गरिएको छ ।

आवधिक योजनाका लक्ष्य हासिल गर्न आत्मनिर्भरताको स्थिति निर्माण गरी तुलनात्मक लाभ हुुनसक्ने स्थानीय कृषिबाली र आधारभूत खाद्य वस्तुको उत्पादनमा वृद्धि गर्ने, कृषि तथा उद्योग क्षेत्रमा सिर्जना भएका स्थानीय रोजगारी र सम्भाव्य रोजगारी क्षेत्रका लागि चाहिने क्षमता, सीपयुक्त जनशक्ति निर्माण र विकासमा लगानी गर्ने रणनीति अपनाइने जनाइएको छ ।

विद्यमान सडक सञ्जालको उपयोग हुने गरी आर्थिक सम्भावनाका आधारमा कृषि, पर्यटन क्षेत्रलाई सम्बोधन गर्ने उद्योग स्थापना र सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, व्यवसायीकरण, विविधिकरण र आधुनिकीकरण गरी कृषिजन्य उद्योगलाई विकासको सम्बाहक बनाउने, कृषि अनुसन्धान क्षेत्रमा आधुनिक तथा नवीनतम प्रविधि विकास गरिने, चुरे क्षेत्रलाई जल संरक्षणका लागि आधारस्तम्भ मानी जल संरक्षणलाई प्रतिकूल असर गर्ने क्रियाकलाप रोकथाम हुने गरी भूसंरक्षण तथा उपयोगी नीति बनाइने कुरा आधारपत्रमा उल्लेख छ ।

देशको खाद्य भण्डार मानिएको उर्बर माटो भएको यो प्रदेशमा कूल राष्ट्रिय उत्पादनको ७४ प्रतिशत उत्पादन हुन्छ । कूल खेतीयोग्य जमिनमध्ये ८९.९ खेती गरिएको छ भने कूल पाँच लाख ६५ हजार ९१ हेक्टर सिँचाइयोग्य जग्गामध्ये ६५.८ प्रतिशतमा कोशी, कमला, वाग्मती सिँचाइ नहरबाट र अन्यमा साना कुलो पैनीबाट मौसमी सिँचाइ सुविधा उपलब्ध छ ।

प्रदेशमा कमला नदी बाह्रै महिना पानी रहने नदी र कोशी र वाग्मती हिमनदी रहेका छन् । कूल ५० हजार मेट्रिक टन राष्ट्रिय माछा उत्पादनमध्ये ६० प्रतिशत उत्पादन हने यो प्रदेशभर मत्स्यपालनका लागि करिब चार हजार पोखरी उपयोगमा रहेको बताइन्छ ।

विविध कृषि बाली उत्पादन अनुकूल स्थानीय हावापानीका कारण प्रदेशभर सबै प्रकारका प्रमुख खाद्य तथा नगदेबाली उत्पादन हुन्छ । मौसमी फलका रूपमा आँपको कूल राष्ट्रिय उत्पादनमध्ये ६८ प्रतिशत उत्पादन यस प्रदेशमा हुने गरेको छ ।

त्यस्तै नेपालभर भई आएको कुल उखु खेती ६४ हजार ४८३ हेक्टरमध्ये ५३ हजार ३०० हेक्टर भूभागमा यस प्रदेशमा हुने गरेको छ । नेपालभर कूल १७ चिनी कारखानामध्ये आठ वटा चिनी कारखाना सञ्चालन भएको यो प्रदेशले कूल राष्ट्रिय चिनी उत्पादन ३२.३३ लाख मेट्रिक टनको २४.६७ लाख मेट्रिक टन यसै प्रदेशमा हुने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

लागत लाभका दृष्टिकोणले प्रदेशका मुख्य केन्द्रको सामीप्यमा रहेको चुनढुङ्गा उत्खनन क्षेत्र र सिमेन्ट उद्योगबाट आर्थिक विकासमा योगदान भई आएकोमध्ये निजी क्षेत्रका मारुती सिमेन्ट कारखानाबाट वार्षिक १.५ लाख मेट्रिक टन उत्पादन हुने गरेकोे छ । नेपालको कूल औद्योगिक प्रतिष्ठानमध्ये १२.७ प्रतिशत औद्यागिक प्रतिष्ठान रहेको यो प्रदेशले देशको कूल गार्हस्थ्य उत्पादनमध्ये १६ं२ हिस्सा ओगटेको बताइन्छ ।

प्रदेश नीति तथा योजनाका उपाध्यक्ष डा।भोगेन्द्र झा यी तथ्यलाई नै आधारमानी योजना अवधिको प्रादेशिक गार्हस्थ्य उत्पादन ६८३.६२ अर्ब पुग्ने रणनीति तयार गरिएको बताउनुहुन्छ । प्रदेश योजनाले निर्धारण गरेको लक्ष्यअनुसार योजना अवधिमा कृषिमा रु एक खर्ब ७२ अर्ब १२ करोड, उद्योगमा रु तीन खर्ब ३२ अर्ब ४४ करोड र सेवा क्षेत्रमा रु छ खर्ब ४७ अर्ब सहित कूल ११ खर्ब ५१ अर्ब ९६ करोड स्थिरपूँजी लगानी गर्नुपर्ने अनुमान गरिएको छ ।

उपाध्यक्ष झाका अनुसार निजी क्षेत्रको विस्तार र त्यसमा सरकारको अहं भूमिकालाई दृष्टिगत गरी योजनामा सार्वजनिक क्षेत्रबाट ३८ प्रतिशत, निजी क्षेत्रबाट ५८ प्रतिशत र सहकारीबाट चार प्रतिशत लगानी हुने अनुमान छ । सार्वजनिक क्षेत्रबाट विशेष गरी पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिमा तथा सहकारी क्षेत्रबाट मूलतः कृषि, साना उद्योग तथा व्यापार, वित्तीय मध्यस्थतामा र केही शिक्षा तथा स्वास्थ्यमा लगानी हुने अनुमान योजना आधारपत्रमा गरिएको छ ।

आधारपत्रमा योजना अवधिको ९आर्थिक वर्ष ०७६र७७ देखि ८०र८१ सम्म० कूल लगानीमध्ये सार्वजनिक क्षेत्रबाट रु चार खर्ब ३७ अर्ब ७५ करोड, निजी क्षेत्रबाट रु ६ खर्ब ६८ अर्ब १४ करोड र सहकारी क्षेत्रबाट रु ४६ अर्ब सात करोड लगानी हुने अनुुमान गरिएको छ । तथ्याङ्कअनुसार प्रदेशको प्रतिव्यक्ति आय ७९९ यूएस डलर रहेकामा प्रक्षेपित लगानीको प्रतिफलका रूपमा योजनाको अन्तसम्ममा प्रतिव्यक्ति आय एक हजार यूएस डलर पुग्ने अनुमान योजना आधारपत्रमा गरिएको छ । पकालु खबरबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑