जलेश्वर ९ माघ आरोहण शाह । वीरगञ्ज भन्सार क्षेत्रमा अहिले भारतीय गाडीहरूको बिगबिगी बढेको । सिमामा खटेका शसस्त्र प्रहरीहरुकै संरक्षणमा वीरगञ्ंज भन्सार क्षेत्रमा भारतीय गाडीहरू राखिन्छ । नेपाल कै मुख्य प्रवेश द्वारको रुपमा चिनिएको वीरगञ्ज भन्सार भारतीय गाडीहरूको आडा बनेको छ ।
भारतबाट आउने भारतीय नम्बर पलेट गाडि वीरगञ्ज भन्सारमा भन्सार गराई नेपाल प्रवेश गरि राहेका छन । भारतीय दुई पाँग्रे र चार पाँग्रे सवारी नेपाल प्रवेश गर्दा भन्सारबाट वीरगञ्ज बजारसम्म आवात जावतको लागि निःशुल्क इन्ट्री र नेपालभरी आवात जावतको लागि प्रत्येक दिन पाँचसयको दरले राजस्व दाखिला गरी आवात जावत प्रावधान रहेको छ । तर अहिले निःशुल्क इन्ट्रीमा बिहान प्रवेश अनि रातीमा शंकराचार्य द्वारदेखि भन्सार गेटसम्म भारतीय गाडीहरु सहस्त्र प्रहरीको संरक्षणमा पार्किङ गर्ने गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वाटर राजस्व तथा गस्ती सुरक्षा गुल्मबाट गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीको कमान्डमा खटेको सशस्त्र प्रहरीलाई माटो नजराना बुझाउदै भारतीय गाडी पार्किङ गर्छ । भारतीय गाडी चालक अनुसार भारतीय गाडी वीरगंज भन्सार कार्यालयबाट दैनिक प्रवेश इजाजत लिनुपर्छ । यसको अलावा वीरगंज बाहिर जाने भारतीय गाडीहरूले अनिवार्यरूपमा भन्सार शुल्क तिनुपटर्छ । तर दैनिक निःशुल्क इन्ट्रीमा वीरगञ्ज अथ्वा आसपासको ठाउँमा खासगरी वैवाहिक कार्यक्रम छेका, विवाहलगायत कार्यक्रम ,भाडा लगाएत भारतीय गाडीको प्रयोग हुँदै आएको छ ।
त्यहि भएर निःशुल्क इन्ट्रीमा बजारभित्र राखन नमिलेकोले शंकराचार्य द्वारदेखि भन्सार गेट वारी नै राख्छु । गुल्मका डीएसपी अमर बहादुर खत्रीलाइ महिनावारी बुझाउदै दैनिक रातीमा ७० देखि ८० को हाराहारीमा गाडीहरु पार्किङ गर्ने गरेको एक जाना चालकले बताए । कानुनि रुपमा नेपालमा बिना भन्सार को राख्न नमिल्ने भएपनी व्यहारिता को आधारमा ज्यन्ती र इमर्जेन्सी परेको बेलामा आउने गरेको छ । तर अहिले लचिलो कानुनको नाजायज फाइदा उठाउँदै सशस्त्र प्रहरीले भारतया गाडीको संरक्षणमा लागेकोे छ ।