• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महाेत्तरी जिल्लामा रहेकाे क्रस उधाेगहरु बन्द गर्न निर्देशन

नेपाल पोस्ट दैनिक
    January 23, 2020  मा प्रकाशित

Spread the love
      

जलेश्वर ९ माघ । जिल्ला अनुगमन समितिकोे वैठकले महोत्तरीका सवै क्रसर उद्योगलाई तत्कालै बन्द गर्ने निर्णय गरेको छ । २०७६ असार मसान्तसम्मको स्टक विवरण मागेकोमा विवरण नदिएकाले सवै क्रसर तत्काल बन्द गर्न निर्देशन दिइएको हो ।

स्थानीय तहहरुले ५ दिन भित्र आफ्नो क्षेत्र भित्रको क्रसर तथा वालुवा प्रशोधन केन्द्रको २०७६ असार मसान्त भित्रको स्टक प्रमाणित गरि जिल्ला समन्वय समितिमा पठाउन निर्देशन समेत दिएको छ । माग भएको विवरण उपलब्ध पश्चात कागजात जाँच गरि कागजात दुरुस्त रहेको खण्डा मात्र पुनः संचालनको लागि अनुमति पत्र दिने निर्णय गरिएको जिल्ला समन्वय समिति प्रमुख सुरेशप्रसाद सिंहले जानकारी दिए ।

भंगहा नगरपालिका वाहेकको बर्दिवास र गौशाला नगरपालिकामा तत्काल नदी ठेक्का नलागिसकेको अवस्थामा नदी ठेक्का लगाउदा सवै जनताले देख्ने गरि स्टक तथा सवै तथ्यांक लेखेको वोर्ड राख्नु पर्ने तथा महिनामा दुई पटक स्टक विवरण गाउँपालिकाबाट प्रमाणित गरि पठाउने र स्थानिय तहले एकजना कर्मचारी समेत राख्ने व्यवस्था गर्ने लगायतको थप निर्देशन समेत स्थानीय तहहरुलाई दिइएको छ । राती उत्खनन गर्न नपाईने विगतका वर्षहरुमा रातीको समयमा समेत नदी उत्खनन गरिने गरिएकोमा अव भने रातीको समय उत्खनन बन्द गरिने भएको छ ।

अनुगमन समितिको निर्णयले दिउँसोको समयमा मात्र उत्खनन गर्ने गरि समय निर्धारण गर्न स्थानीय तहलाई पत्राचार गरिएको छ । अबदेखि रातीको समयमा क्रसरहरुले उत्खनन गर्न पाउने छैनन । अधिकांश क्रसरका कागजात अपुरो महोत्तरीमा संचालनमा रहेको ५० भन्दा वढी क्रसर तथा बालुवा वासिंग सेन्टरमध्ये अधिकांशको आवश्यक कागजात पुरा नरहेको तथा मापदण्ड भित्र नचलाइएको अनुगमनमा देखिएको समन्वय समिति प्रमुख सिंहले वताए ।

उनले यसैको लागि समेत गत आर्थिक वर्षदेखि हालसम्म दर्ता भएका क्रसर उद्योग तथा वासिंग सेन्टर दर्ता गर्न स्थानीय निकायबाट भएको सिफारिस मापदण्ड बमोजिम भए नभएको समेत अनुगमन उपसमितिले छानविन गरि अनुगमन समितिमा प्रतिवेदन दिनु पर्ने छ । प्रतिवेदनपछि गलत प्रकृयाबाट अनुमति लिएकाहरुको अनुमति खारेजीका साथै कार्बाहीको प्रकृया समेत अगाडी वढाईने उनले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑