शम्भु चौधरी लहान ८ माघ । केहि दिन पहिले म एकलै बिद्यार्थीहरुको लागि प्रदेश न.२ मा ४५ प्रतिशत गाडी भाडामा छुट हुनु पर्छ भने कुराको लागि आवाज उठाएको थिए तर आज अधिकांस विद्यार्थीहरु लगायत केही नेताहरुले पनि साथ दिनु भएकोमा म वहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
यसै सन्दर्भमा भौतिक पुर्वाधार विकास मंत्रालय प्रदेश २ जनकपुरधाम धनुषामा ज्ञापन पत्र बुझाएको छ । बारम्बारको यो लडाईमा सबै विधार्थीहरुले साथ दिएका छन ।
त्यस लगायत यदि अब देखि विद्यार्थीहरुलाई गाडिमा छुट दिएन भने तुरुन्त ट्राफिक प्रहरी १०० मा नत्र ९८०१५०४१२३ मा सम्पर्क गर्नु होला ।
यस कार्यमा सहयोग गर्ने मुख्य धन्यवादका पत्रहरु यस प्रकार रहेका छन ।
समीर भट्टराई कानुन संकाय का विद्यार्थी,भुबन यादव,हरेराम यादव ,नगर सुधार समिती सुखिपुर,पोसन यदव ,जनमत पार्टीको विद्यार्थी केन्द्रिय संयोजन,चक्रबर्ती हवि एजुकेसनल ल कलेज, चक्रबर्ती हवि एजुकेसनल ल कलेजका विद्यार्थीवर्गहरु
प्रदेश २ का साथ दिने विद्यार्थीहरु बिजय साह लगायत पत्रकार मित्रहरुमा सादर अनुरोध गर्दछौ म सम्पुर्ण विधार्थीहरुको तर्फबाट गुमस्ता कुमार यादव ।