• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सशस्त्र प्रहरीद्वारा ४ करोड बढीका भन्सार छलीका समान बरामद

नेपाल पोस्ट दैनिक
    January 22, 2020  मा प्रकाशित

Spread the love
      

श्याम कुशवाहा÷वीरगञ्ज,०७ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वाटर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मले चालु आर्थीक वर्षको ६ महिनामा ४ करोड भन्दा बढीका भन्सार छलीका माल समानहरु बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ ।

भन्सार राजश्व गस्ती गुल्मको एरीया पर्ने पर्सा र बाराका सिमा नाकाहरुबाट अवैध रुपमा भन्सार छली भित्रयाइएको ४ करोड ७ लाख २१ हजार ७ सय ७६ रुपैया बराबरको विभिन्न समानहरु बरामद गरिएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिनु भयो ।

खुला सिमा नाका कारण हुन सक्ने अपराधीक गतिविधिहरुमा नियन्त्रण तथा भन्सार चोरी तस्करीलाई कडाईका साथ नियन्त्रणका लागी भन्सार गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले विभिन्न मितिहरुमा बरामद गरेका समानहरुमा सबै भन्दा धेरै रकम सवारी साधनहरुको देखिएको छ ।

अवैध रुपमा भन्सार छली तथा बेवारिसे अवस्थामा कागज पत्र नभएको भेटिएपछि २ करोड ३९ लाख ९७ हजार रुपैया मुल्य बराबरका विभिन्न सवारीका साधनहरुलाई नियन्त्रणमा लिएर भन्सार बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताउनु भयो । त्यसैगरी अवैध रुपमा भन्सार चोरी पैठारी गरि भित्रयाइएको ५३ लाख ९५ हजार १ सय २८ रुपैयाको लत्ता कपडा, नेपालमा प्रतिबन्धीत भारतीय र नेपाली रुपैया गरेर ३६ लाख ३३ हजार पच्चीस रुपैया, हार्डवेयर २० लाख ४२ हजार ९ सय पच्चास रुपैया, पशु चौपाया १७ लाख ३० हजार रुपैया, किराना १७ लाख १० हजार ८ सय ६४ रुपैया रहेको छ । त्यसैगरी मोटरपार्टस ७ लाख ७६ हजार २ सय ३० रुपैया, मोबाईल कमप्युटर पार्टस र टिभी ५ लाख ६८ हजार ३ सय ८५ रुपैया, चाँदी ३ लाख ५२ हजार ६ सय ५१ रुपैया, औषधी २ लाख ५ हजार ५ सय ९८ रुपैया, भाडा वर्तन १ लाख ८० हजार ९ सय ९५ रुपैया, मरिच ७५ हजार ९ सय पच्चास र तरकारीबाट ५३ हजार गरि यो आर्थीक वर्षको छव महिनामा उक्त रकम बराबरको भन्सारी छलीका समान पक्राउ गरि भन्सार दाखीला गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताउनु भयो ।

१० हजार पीस लागुऔषध एम्पुल बरामद चालु आर्थीक वर्षको श्रावण महिना देखी माघको पहिलो हप्ता सम्ममा नेपालमा प्रतिबन्धीत लागुऔषध एम्पुल १० हजार पीस बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनु भयो । सिमावर्ती भारतीय शहर रक्शौलबाट विभिन्न माध्यमबाट नेपाल प्रवेश गर्ने विभिन्न व्यक्तीहरु तथा सवारीका साधनहरुलाई शंका लागी चेकजाच गर्ने क्रममा लुकाई छिपाई ल्याइएका लागुऔषधहरु डाईजोल्याब ३ हजार ७ सय २ पीस, फेनार्गन ३ हजार ३ सय ९७ पीस, नोर्फिन ३ हजार ४ सय १४ पीस, वीन सिरेक्स ४२ बोतल, ब्राउन सुगर २ ग्राम र नाइट्राभेट टयाबलेटस ४ सय ३० पीस लागूऔषधहरु सहित पक्राउ परेका व्यक्तीहरुलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताउनु भयो ।

चेलीबेटी बेचबिखन ओसार पसारमा कडाई तथा विदेशी नागरिक पक्राउ राजश्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले सिमा नाकाको रक्षा तथा अवैध चोरी पैठारी नियन्त्रणका साथै नेपालबाट भारततर्फ हुने चेली बेटी बेचबिखन तथा ओसार पसारमा नियन्त्रण गर्न समेत कडाईका साथ सक्रिय भएर लागेपछि भारतमा बेचिन लैजादै गरेको अवस्थामा कैयौ चेलीहरुको उद्धार समेत गरेको छ । त्यसैगरि राहदानी विनानै नेपाल प्रवेश गर्ने ४ जना भुटानी नागरिक सहित १ जना तिब्बतीयन नागरिकलाई समेत पक्राउ गरि अध्यागमन कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताउनु भयो ।

बिभिन्न अपराध लागुऔषध ओसार पसार, मानव बेच बिखन तथा अन्य अपराधीक क्रियाकलापमा संलग्न ३२ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑