गाैशाला ८ माघ । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न. ६ फुलकाहा बस्ने १३ वर्षिय रवी कुमार राम हराएकाे छ । भारतकाे लुधियानामा सिलाई सिक्न गईरहेकाे समयमा ट्रेन बाट हराएकाे उनकाे वुवा राजा रामले बताए ।
यहि मिति २०७६/२/६ गते रवीकाे ठुलि अामाकाे छाेरा संजिव राम सँग लुधियाना सिलाई सिक्न गईरहेकाे समयमा भारतकाे सहारणपुर स्टेशनमा पिसाव फिरण गएकाे समयमा रवी ट्रेन वाट छुटिएकाे हुन सक्ने संजिव रामले बताए। संजिव रामकाे घर सीतामाढि जिल्ला थाना बेला र घर मुजेलियामा रहेकाे छ ।
अता रवी कुमार रामकाे वुअाले छाेरा हराएकाे निवेदन ईलाका प्रहरी कार्यालय गाैशाला र सीतामढी जिल्लाकाे बेला थानामा चार महीना पहिले निवेदन दिए पनि अाज सम्म पत्ता नलागेकाे कारण निराश भएका छन र अन्तिम विकल्पकाे रुपमा पत्रपत्रिकाकाे माध्यम द्वारा मानव अधिकारकर्मी तथा सम्बन्धित निकायले खाेजतलास गरि दिनकाे लागि अनुराेध गरेका छन। छाेरा अहिले सम्म घर नफर्केकाेमा घर परिवारमा सधैं रुवावासि चलिरहेका छन।
राजा रामकाे दुई छाेरी र दुई छाेरा र एक श्रीमति गरि जम्मा ६ जनाकाे परिवार रहेका छन ।अार्थिक अवस्था निकै कमजाेर भएकाे कारण छाेरा, छाेरीलाई पढाउन नसकेकाे कारण जेठि छाेरी वर्ष वीसकाे पुनम कुमारी रामलाई नाना नानिलेअाफ्नाे घर लगि पढाई लेखाई गराई विवाह गरिदिने राजारामले बताए अर्काे तर्फ साेलह वर्षिय छाेरी रीना कुमारी र अाठ वर्षीय छाेरा शनि कुमार रामलाई गरिबी अवस्थाकाे कारण पढाउन नसकेकाे बताए ।अाफुलाई एक धुर जमिन जथा नभएकाे र परिवारकाे चाप वढि भएकाे कारण छाेरालाई सिलाई सिकेर काम गर्न लागि बाहिर पठाएका थिए।
अब अाफु चार महीना देखि बहुलाएकाे जस्ताे अाफ्ना अाफ्नत काहाँ छाेरालाई खाेजतलास गरिरहे पनि कहि फेला नपरेकाे कारण निराश भएर बसेकाे छु उनले रुदै भने ।म सबै तिर बाट निराश भई सकेकाे छु अब एउटा मात्र माध्यम पत्रपत्रिका रहेकाेले मलाई अाशा छ कि मेराे छाेरालाई खाेजतलासमा मद्त गरिदिनु हुने छ राजा राम रुदैं भन्ने।