बीरगञ्ज ५ माघ । पर्साको जगरनाथपुर गाउँपालिका –१ पिडारी टोलबाट करिब ४० किलोग्राम लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट गएको प्रहरीले पिडारी टोलमा परालमा लुकाएर राखेको अवस्थामा लागुऔषध फेला पारी बरामद गरेको हो।
गाँजा कसले राखेको भन्ने विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। नेपाल न्युजबाट