• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सवारी दुर्घटना रहित प्रदेश बनाउन सबैको सहयोग आवश्यक , ट्राफीक प्रहरी उपरीक्षक महतो

आरोहण शाह
    January 19, 2020  मा प्रकाशित

Spread the love
      

आरोहण शाह बीरगञ्ज ४ माघ । सवारी दुर्घटना न्युनिकरण गर्न आम सर्वसाधारण तथा नियमनकारी निकायहरु गम्भीर हुन आवश्यक भएको व्क्ताहरुले जोड दिएका छन ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणीज्य बैंकको सहकार्यमा सवारी दुर्घटना न्युनिकरण तथा ट्राफीक व्यवस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रममा सहभागी व्क्ताहरुले प्रदेश दुईमा ट्राफीक दुर्घटनामा कमी ल्याउन तथा ट्राफीक नियम बारे सबै सचेत हुन जरुरी रहेको कुरामा जोड दिए । स्वागत मन्तव्य राख्दै प्रदेश दुई ट्राफीक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले तथ्याकं प्रस्तुत गर्दै प्रदेश २ मा ट्राफीक दुर्घटनामा वृद्धी भए संगै ट्राफीक नियम उल्लघंनका घटनाहरुमा समेत वृद्धी भएको जानकारी दिए ।

०७४÷०७५ मा सवारी दुर्घटनामा परेर ३ सय ९४ जनाले ज्यान गुमाएका थिए भने ०७५÷०७६ मा ४ सय ९६ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको तथा चालु आर्थीक वर्षको हाल सम्ममा २ सय ४१ जनाले ज्यान गुमाई सकेको जानकारी दिए । सवारी दुर्घटनामा समेत वृद्धी ०७४÷०७५ मा ११ सय ५ वटा सवारीहरु दुर्घटनामा परेका थिए भने ०७५÷०७६ मा ९ सय १४ वटा सवारीका साधनहरु दुर्घटनामा परे त्यसैगरी चालु आर्थीक वर्षको हाल सम्ममा ५ सय २७ सवारीका साधनहरु दुर्घटना परेको जानकारी दिए ।

सवारी दुर्घटनामा परेर मानीस घाईते भएको ०७४÷०७५ मा १७ सय १५ र ०७५÷०७६ मा १२ सय ६९ तथा चालु आर्थीक वर्षको हाल सम्ममा ७ सय ८८ जना दुर्घटनामा परेर घाइते भएको ट्राफीक प्रहरी उपरीक्षक महतोेले जानकारी दिए । ८० प्रतिस्त भन्दा बढी दुर्घटनाहरुमा आम सर्वसाधारणको गल्तीले भएको देखीएको उनले बताए । प्रदेश २ ट्राफीक प्रहरी प्रमुखको रुपमा आएकै दिन देखी आफुले अडान लिएर प्रदेश २ लाई दुर्घटना रहित प्रदेश बनाउने लक्ष्यका साथ सुधारका विभिन्न कार्यक्रमहरु गर्न लागीएको कार्यक्रममा जानकारी दिए । हामी सचेत भएर पनि गर्ने साना साना गल्तीका कारण पनि ठुलो दुर्घटनाहरु निम्ती रहेकाले गम्भीरता पुर्वक ट्राफीक नियम पालना गरि दिन आग्रह गर्नु भयो । ट्राफीक दुर्घटनाले हामी हाम्रै आफन्त गुमाई रहेकाले आफु पनि सचेत होऔँ र अरुलाई पनि सचेत गराउन सके धैरे हद सम्म ट्राफीक दुर्घटनामा कमी आउने ट्राफीक प्रहरी उपरीक्षक महतोले विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथी बीरगञ्ज महानगरपालीकाका प्रमुख विजय कुमार सरावगीले हाम्रो सुरक्षाको लागी बनाइएको ट्राफीक नियम हामीले पालना गर्दिएनौ भने ट्राफीकले जरिवाना मात्र काटेर ट्राफीक दुर्घटना न्युनिकरण नहुने बताउनु भयो । वीरगञ्जमा ट्राफीक व्यवस्थापन गर्न गुरु योजना बनाइसकेको जानकारी गराउदै मेयर सरावगीले मुख्य सडक तोडने मुद्धा अदालतमा विचाराधिन रहेकोले अदालतको निर्णय आए संगै गुरु योजना अनुरुप वीरगंजमा ट्राफीक व्यवस्थापनका विभिन्न कार्यहरु सुरु हुने जानकारी दिनु भयो । कार्यक्रमका विशिष्ट अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नियमनकारी निकायको नियन्त्रणको प्रयास फितलो भएको कारण सवारी दुर्घटनामा वृद्धी हुनुका साथै ट्राफीक उल्लंघनका घटनामा समते वृद्धी भइरहेको बताउनु भयो ।

ट्राफीक नियम उल्लघंन नगर्न हामी र हाम्रो समाजलाई सचेत गराउनु पर्ने समय आएको बताउदै प्रजिअ बस्नेतले बर्दीधारी ट्राफीकले मात्र चाहेर दुर्घटना न्युनिकरण हुन सक्दैन । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले वर्षेनी सवारी दुर्घटनामा वृद्धी भएर हाम्रै आफन्त गुमाई रहेकाले ट्राफीक नियमको पालना गर्न हामी सबै सचेत हुन गम्भीर हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा वीरगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष गोपाल केडियाले जिम्मेवार संस्थाहरु संग समनव्य तथा आम सर्वसाधारणलाई सचेत गराउन सकिए ट्राफीक दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न सवारी चालक तथा ट्राफीक प्रहरीलाई २ सय ५० वटा फोल्लोरोसिंग ज्याकेट वितरण गरिएको थियो । राष्ट्रिय वाणीज्य बैंक क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कायक्रमको सहजीकरण जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफीक प्रहरी निरिक्षक कमलराज पण्डीतले गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑